२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

ईपीएल, काठमाडौं किंग्सलाई ६ विकेटले हराउदै भैरवहा ग्लाडीयटर्स फाइनलमा


५ पुस २०७५, बिहिबार  

0
Shares

काठमाडौं।  भैरहवा ग्ल्याडीयटर्स तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ । काठमाडौं किंग्स इलाभेनलाई ६ विकेटले हराउदै भैरहवा ग्लाडीयटर्स फायनलमा पुगेको हो।

बिहीवार किर्तिपुरस्थित टियुखेल मैदानमा काठमाडौंले प्रस्तुत गरेको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेटको क्षतिमा १ सय २ रन बनाउदै फाइनलमा ललितपुर प्याट्रीयट्ससँगको भेट पक्का गरेको हो। यस अघि पहिलो क्वालिफायर खेलमा काठमाडौंलाई १ विकेटले पराजित गर्दै ललितपुर फाइनलमा पुगि सकेको छ।

भैरहवाको जितमा रायन टेन डेस्काटेले ३८ बलमा ५ चौका प्रहार गर्दै ४५ रन बनाए। त्यस्तै रविइन्दर सिंहले १९ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रनमा आउट भए। पहिलो विकेटका रुपमा तेस्रो ओभरमा अन्तिम बलमा ओपनर प्रदीप ऐरीलाई ३ रनमा भैरहवाले गुमाएको थियो।

दोस्रो विकेटका रुपमा आरिफ शेख ५ रनमा आउट भए। शरद भेषवाकर ६ र रोहित कुमार पौडेल ९ रनमा नट आउट रहे। सांसद शेखले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। त्यस्तै प्रदीप साहुले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यस टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले अन्तिम ओभरमा सबै विकेट गुमाएर १ सय रन बनायो। काठमाडौंका लागि प्रदीप साहुले २५, अमित श्रेष्ठले ३२ बलमा १३,रोहन मुस्तफा ६, सोमपाल कामी ७ रनमा आउट भए। त्यस्तै डेब्यू गरेका सन्दीप रजालीले २६ बलमा १ चौका र छक्का प्रहार गर्दै २७ रन आउट भए। राजु रिजाल १, सद्धान्त लोहनी ४ र जितेन्द्र मुखियाले २ रन बनाए।

भैरहवाका लागि युवा खेलाडी कुशल मल्लले ४ ओभर २० रन खर्चेर ३ विकेट लिए ।मोहम्मद नविद २,अभिनाश बोहरार शरद भेषवाकरको नाममा पनि १ विकेट रह्यो।

ललितपुर र भैरहवा उपाधिको लागि आगमी शनिबार खेल्ने छन्।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ६ : १४ बजे