११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

कांग्रेस महासमितिमा विधान संशोधन प्रस्ताव पेश : पदाधिकारी समावेशी हुने


७ पुस २०७५, शनिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा विधान संशोधन समितिका संयोजक महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रस्तुत गरेका छन् ।

शुक्रवारको केन्द्रीय समितिमा पदाधिकारी १४ जना बनाउने सहमति भएको थियो । विधान संशोधनमा अब सभापति १, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ८ र कोषाध्यक्ष तथा प्रवक्ता एक एकजना हुने भएका छन् । कोषाध्यक्ष र प्रवक्ताबाहेकका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।

सहमहामन्त्रीहरु समावेशी क्लस्टरअनुसार हुनेछन्। ८ सहमहामन्त्रीहरुमध्ये महिलाबाट एक, आदिवासी जनजातिबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको  क्षेत्रबाट एक हुनेछन् ।

त्यसैगरी केन्द्रीय समिति १६७ जनाको बन्ने भएको छ ।

विधानको संशोधित मस्यौदा केन्द्रीय समितिले सर्वसम्मतिले पारित गरेको थियो। महासमितिले त्यसलाई अनुमोदन गर्नुपर्नेछ ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ५ : ३५ बजे