४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

न्युयोर्कको बाटो ‘माउन्ट एभरेष्ट वे’ नामकरण


Ang

११ पुस २०७५, बुधबार  

0
Shares

अमेरिकाको न्युयोर्क धेरै नेपालीहरुको जनसंख्या रहेको राज्यको रुपमा चिनिन्छ । पछिल्लो समय बडदो नेपाली जनसंख्यासंगै न्युयोर्क सिटिले ज्याक्सनहाइटको सेभेन्टी फाइभ स्ट्रिटको बाटोको नाम ‘माउन्ट एभरेष्ट वे’ नाम राख्ने प्रस्ताव पारित गरेको छ ।नेपाली समुदायको चाहना अनुरुप ज्याक्सनहाइटस्थित ७५ स्ट्रीटको २५ एभिन्युदेखि ३१ एभिन्युसम्मको बाटोलाई ‘माउन्ट एभरेष्ट वे’ नामाकरण गर्ने प्रस्ताव सिटी काउन्सिलबाट पारित भएको हो ।  उक्त प्रस्ताव न्युयोर्क सिटीको काउन्सिल मेम्बर कोस्टा कोन्स्टानटिनिडेजले सिटि काउन्सीलको बैठकमा राखेर एक महिनाभित्रमा पास गरेका हुन । कोस्टा न्युयोर्क सिटी काउन्सिलको डिष्ट्रिक २२ को सदस्य हुन ।

‘ नेपाली समुदायको चाहना र भावनालाई कदर गदै न्युयोर्क सिटिले ज्याक्सनहाइटको सेभेन्टी फाइभस्ट्रिटको बाटोको नामलाई माउन्ट एभरेष्ट वे को रुपमा राखिएको हो ’ न्युयोर्क सिटि काउन्सील मेम्बर कोष्टा कोन्स्टानटिनिडेजले भने—‘ न्युयोर्कमा बसोबास गदै आइरहेको नेपाली समुदायले सिटिलाई पुर्‍याउदै आएको योगदानलाई मनन गरि ज्याक्नहाइटको ७५ स्ट्रीटको २५ एभिन्युदेखि ३१ एभिन्युसम्मको बाटोको नाम ‘माउन्ट एभरेष्ट’कै नामबाट गरिदिएको हो ’ ।

यो नाम राख्नका लागी नेपाली समुदायको तर्फबाट एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारी, फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा, शेर्पा संघका अध्यक्ष निमा शेर्पा र एलमष्ट अस्पताल एडभाइजरि बोर्ड मेम्बर यादव बास्तोला र काउन्सील मेम्बर कोष्टाको पब्लिक ल्याजन अफिसर जोया चौधरी वीच गत नोभेम्बर १० तारिख बैठक भएको थियो । त्यही बैठकको भोलिपल्ट नोभेम्बर ११ तारिख एनआरएन न्युयोर्क च्याप्टरको संयोजनमा ज्याक्सनहाइटमा नेपाली समुदायको करिब दुई दर्जन सस्थाको अध्यक्षहरुको उपस्थितिमा सगरमाथा वा माउन्ट एभरेष्ट मध्ये कुन नाम राख्ने भनेर छलफल भएको थियो ।

‘ नेपाली समुदायको विभिन्न सस्थाका प्रतिनिधिहरु वीचको छलफलमा सगरमाथा र माउन्ट एभरेष्ट दुई मध्ये बहुमतले माउन्ट एभरेष्ट राखु भनेर दिएको सल्लाह अनुसारनै न्युयोर्क सिटिले माउन्ट एभरेष्ट वे भनेर राखि दिएकोमा काउन्सीलमेन कोष्टा र जोया चौधरीलाई धन्यवाद दिन चाहान्छु’ एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले बताए । उनका अनुसार विश्व माझ सवैले सजिलै नेपाल चिन्ने माउन्ट एभरेष्ट भएकोले बहुमतले यो नाम दिएको हो ।

नेपाली समुदायको हितमा काउन्सीलमेन कोष्टाकै पहलमा सवारी चालक अनुमति पत्र ‘ड्राइभिङ लाइसेन्स’ लिन डिएमभि (डिपार्टमेन्ट अफ मोटर भेइकल) मा नेपाली भाषामा निवेदन दिन पाउने सुविधा प्राप्त भइसकेको छ । त्यस्तै उनकै पहलमा न्युयोर्क सिटिको विभिन्न कम्युनिटि बोर्डमा नेपाली समुदायको प्रतिनिधित्वका लागी सिफारिस गराउनका साथै एलमष्ट अस्पतालमा नेपाली भाषा अनुवाद मार्फत सुविधा दिन थालेको छ ।

 

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  १ : २९ बजे