७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

न्युयोर्कमा गुरुङ ल्होसार


Ang

११ पुस २०७५, बुधबार  

0
Shares


न्युयोर्कमा गुरुङ तमु परिवारद्धारा गुरुङ तमु समुदायको महान पर्व ल्होछारको अवसर पारेर अमेरिकामा तमु परिवार न्युयोर्कले आफनो मौलिक कला सस्कृति पस्कदै र आपसमा शुभकामना आदानप्रदान गदै न्युयोर्कमा विशेष कार्यक्रमको साथ फो–ल्हो ल्होसार मनायो । कार्यक्रम दुई चरणमा भएको थियो ।

पहिलो चरणको औपाचारिक कार्यक्रम नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख आतिथ्य तथा सस्थाको अध्यक्ष डम्बरजंग गुरुङको सभापतित्वमा ल्होछार कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि क्षेत्रीले विर गोर्खालीको सन्तानको गुरुङ समुदायले प्रवासमा लामो समयदेखिन आफनो भाषा, कला र सस्कृति संरक्षणको गदै ल्होछार मनाएर नेपालको चिनारी दिएकोमा प्रसंसा गरेका थिए ।

त्यस्तै सस्थाका अध्यक्ष डम्बरजंग गुरुङले विदेश आएपनि आफनो परम्परागत पहिचानलाई जोगाइराख्नुको साथै भावी सन्ताती माझ गुरुङ समुदायको भाषा र संस्कृतिको संरक्षणका लागी ल्होछार मनाउदै आएको बताएका थिए । कार्यक्रममा तमु परिवारले अमेरिकी गुरुङ समुदायमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिहरु, कार्यक्रममा सहयोग गर्नेहरु र सस्थामा आजीवन सदस्य बनेकाहरुलाई समेत सस्थाले सम्मान गरेका थिए ।

सस्थाका महासचिव जेवि गुरुङले सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा सस्थाका बरिष्ठ उपाध्याक्ष मनिता गुरुङले उपस्थित सवै अतिथिहरुलाई स्वागत गरेका थिए । नेपाल र अमेरिकाको राष्ट्रिय गाना र गुरुङ भाषा र सस्कृतिमा आधारित गीत र नृत्यबाट दोश्रो चरणको कार्यक्रम शुरु भएको थियो । दोश्रो चरणको कार्यक्रममा गुरुङ भाषा र सस्कृतिमा आधारित विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  १० : ३५ बजे