५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

तक्मे बुडाले सुम्नीमा साझमा सबैलाई हसाए ।


Ang

१५ पुस २०७५, आइतबार  

0
Shares

किरात राईहरुको परम्परागत मौलिक पर्व उधौलीको अवसर पारेर किरात राई सोसाइटी अफ अमेरिका ( केआरएसए) ले न्युर्योकमा १० औ सुम्निमा साझ मनायो । हरेक वर्ष भिन्न भिन्नै अतिथि कलाकारहरुको साथमा हुदै आएको सुम्निा साझको यस पटकको मुख्य आर्कषण नेपालबाट आएका चर्चित कलाकार विल्सन विक्रम राई ( तक्मेबुडा) थिए ।

 

 

दुई चरणमा भएको कार्यक्रमको पहिलो चरणको कार्यक्रम केआरएस न्युयोर्क च्याप्टरको अध्यक्ष भारती राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा केआरएसका बोर्ड अफ चियर प्रमोद थलुङले प्रवासमा आफनो भाषा, धर्म र सस्कृतिको संरक्षणकेा लागी सस्थाले अहिलेसम्म गदै आएको विविध गतिविधिहरुको बारेमा जानकारी दिएका थिए । केआरएस केन्दि्रय अध्यक्ष चन्द्र कुमार राईले प्रवासमा किरातीको पहिचानलाई भावी पुस्तामाझसम्म निरन्तरता दिन सस्थाले निकट भविष्यमा अमेरिकामा किराती मुन्दुम र चुला स्थापना गर्न लागेको जानकारी दिएका थिए । कार्यक्रममा आदीवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष मान राणामगरले किरातीहरुको प्रमुख चाड उधौलिको शुभकामना दिदै राज्यले आदीवासी जनजातीको चाडपर्वहरुमा विशेष प्रथामिकता दिनुपर्ने आग्रह गरेका थिए ।

उक्त अवसरमा केआरएसको १० वर्षसम्म निरन्तर रुपमा मनाउदै आएको सुम्निमा साझ कार्यक्रमको सबै संयोजकहरुलाई सम्मान गरेका थिए । यस पटकको कार्यक्रम संयोजक निला राई थिए । पहिलो चरणको कार्यक्रम केआरएसका सल्लाहकार मणि वादेलले र दोश्रो चरणको कार्यक्रम जस कुमार राई र श्रीजा राईले सञ्चालन गरेका थिए ।  दोश्रो चरणको कार्यक्रम बसन्त डान्स सेन्टरको कलाकारहरुद्धारा स्वागत नृत्यसंगै किरातीहरुको मौलिक नृत्य साकेला सिलि प्रस्तुत गरेका थिए । कार्यक्रममा टेक्सासबाट आएका गायक विनोद राई र सिकागोबाट आएका भुवन सुप्तीहाङले गीत गाए लगतै विल्सन बिक्रम तक्मे बुढाले दर्शकहरुलाई निकै हसाएर भरपुर मनोरञ्जन दिलाएका थिए । यस पटक तक्मे बुढाको प्रस्तुती हेर्न विहानको २ बजेसम दर्शकहरु प्रतिक्षा गरिरहेका थिए । कार्यक्रममा तक्मे बुढाले दुई फरक अभिनयमा कहिले उभि उभि हसाएका थिए भने कहिले नाचेर र कहिले गाएर सवै दर्शकहरुलाई प्रस्सतै हसाएका थिए ।

प्रकाशित मिति : १५ पुस २०७५, आइतबार  ११ : २५ बजे