मेलम्ची । ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारी नेपाली कांग्रेस सिन्धुपाल्चोकले मेलम्चीमा अन्तर्क्रिया गरेको छ । सोमबार प्रमुख अतिथि नेपाली कांग्रेस का केन्द्रिय सदस्य अम्बिका बस्नेत र जिल्ला सभापति बिकास लामाको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
वर्तमान अवस्था मा नेपाली कांग्रेस को के भुमिका रहन्छ र जे भुमिका निभाउन जरुरी छ भन्ने विषय मा अन्तरक्रिया भएको सभापति लामाले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा पुगेका अम्बिका बस्नेतले पार्टीमा गुट उपगुट नभनी झैझगडा नगरी मिलेर गए अर्को निर्वाचन हाम्रो पक्षमा हुने बिश्वास व्यक्त गर्दै नेकपा सरकार प्रतिगामीतर्फ उनमुख भएको बताए ।
कार्यक्रम जिल्ला सचीव बिल बहादुर तामाङले सञ्चालन गरेका थिए। कार्यक्रम मा जिल्लाभित्रका स्थानीय तहको कांग्रेस पदाधिकारी हरुको उपस्थित रहेको थियो । समापनमा सभापति लामाले पार्टी लाई एकजुट पार्न गाउँगाउँमा जनतासँग कांग्रेस कार्यक्रम अघि बढाउनु पर्ने धारणा राखेका थिए ।