१० माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

बोनस ऐन र श्रम ऐनमा परेको संशोधन प्रस्तावमा ट्रेड युनियन कांग्रेसको कडा असहमति


१७ पुस २०७५, मंगलबार  

0
Shares

काठमाडौं: हालै सरकारले केही एनलाई संशोधन गर्न बनेको विधेयकमा गरिएको प्रस्तावलाई नेपाल ट्रेड युनियन काँग्रेसले कडा असहमति जनाएको छ।

आज युनियनले एक विज्ञप्ति जारी गर्दै उक्त भनाइ सार्वजनिक गरेको हो।

युनियनका महासचिव योगेन्द्रकुमार कुँवर हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘ नेपाल सरकारले हालै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक मार्फत बोनस ऐन, २०३० मा गरेको संशोधन प्रस्ताव माथि यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त प्रस्तावित संशोधित ऐनको दफा ६ अनसार बोनस ऐन २०३० मा दफा १३, साविकको श्रम ऐन, २०४८ को दफा २ अनुरुपको प्रतिष्ठानस्तरको कल्याणकारी कोषको स्थानमा सामाजिक सुरक्षा कोषमा भनी संशोधन प्रस्ताव गरी प्रतिष्ठानस्तरमा रहने बोनस वितरण गरी बाँकि रहेको रकमको ७० प्रतिशत रकम समेत सामाजिक सुरक्षा कोषमा लैजाने गरी गरेको संशोधन प्रस्तावप्रति महासंघको कडा असहमति रहेको छ ।’

नयाँ श्रम एन, २०७४ नियमावली, २०७५ र योगदानमा आधारित सामाजिक सुरक्षा एन २०७४ मा भएको व्यवस्था। र श्रमजीवीहरु र जग व्यवसायीहरुको भावना विपरित कुनै छलफल र विना परामस एकतर्फी रुपमा गरिएको संशोधन प्रस्तावले सम्पूर्ण श्रमिकहरु हुने र पुन ओद्योगिक द्वन्द्वसमेत हुने र यसको उचित समाधान ननिकालिए कडा प्रतिरोध गर्ने चेतावनी युनियनले दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रम क्षेत्रसंग सरोकार रहने कुनै पनि कानून, नेपालले अनुमोदन गरेको ILO महासन्धी १४४ अनुसार विपक्षीय सहमतिमा संशोधन गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता विपरित सरोकारवाला निकायहरुसंग विना छलफल संशोधन दर्ता भएकोमा यस महासंघको विशेष चासो रहेको छ । तसर्थ तत्काल उक्त प्रस्तावित संशोधन विधेयक फिर्ता गरी सरोकारवालाहरु बीच छलफल र सहमति गरी अघि बढाउन अनुरोध छ । अन्यथा यसका विरुद्ध यस महासंघले कडा प्रतिरोध गर्नेछ ।’

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  ९ : ३५ बजे