६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

पाच बर्षपछि न्युहृयाम्पश्यारमा सिर्जना उत्सव


Ang

१९ पुस २०७५, बिहिबार  

0
Shares

‘निरन्तर साहित्य सिर्जना, सर्जकहरूको चाहना’ भन्ने सन्देशसहित अमेरिकाको बोस्टनमा सुरु भएको सिर्जना उत्सव छैठौ बर्षमा प्रवेश गरेको छ । नया सिर्जनालाई सुनाउने कार्यक्रमका रुपमा सुरु भएको यो कार्यक्रमले ३९ औ शृंखला पूरा गरेको छ भने चालीसौ शृंखला जनवरीको अन्तिम साता बोस्टनमा हुने भएको छ ।

यसपटकको शृंखला बोस्टनको छिमेकी राज्य न्युहृयाम्पश्यारमा गरिएको थियो । यसअघि पाच वर्ष अघि पनि उक्त राज्यमा सिर्जना उत्सव गरि अग्नि पराजुलीको अध्यक्षतामा अन्तरार्र्ष्ि्रय नेपाली साहित्य समाज न्युहृयाम्पश्यार च्याप्टर गठन गरिएको थियो । कार्यक्रमको संयोजक अग्नि पराजुलीद्वारा रचित राष्ट्रिय गीतहरूको सिडी मेचीकालीको विमोचन गरिएको उक्त कार्यक्रममा दुई दर्जन कविहरूले आफनो सिर्जना वाचन गरेका छन ।

कार्यक्रममा अनु शाह ,लव अधिकारी, पुष्पा ओझा, ममता कर्माचार्य, गोवर्धन पूजा, दीपा राई पुन, महेश्वर पन्त, सुशील नेपाल, यम पौडेल ,कृष्ण गिरी, हरिमाया अधिकारी, सुमन नेपाल, अमिर पराजुली, आरजु पराजुली, आकाश ओझा, कमल ढुंगाना, अग्नि पराजुली लगायतले गीत गजल, कविता वाचन गरेका थिए ।
कवि दीपा राई पुनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विमोचित सिडीका बारेमा महेश्वर पन्तले टिप्पणी गरेका थिए भने अनेसासका केन्दीय महासचिव गणेश घिमिरे र अनेसास न्युहृयाम्पश्यार च्याप्टरका सम्पादक ईश्वरी भट्टले टेलिफोन मार्फत शुभकामना मन्तव्य र सिर्जना वाचन गरेका थिए्र आगामी कार्यक्रम दीपा राई पुनको संयोजन र धिरज पुनको प्रयोजनमा बोस्टनको एभेरेटमा हुने भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार  ८ : ११ बजे