काठमाडौं। नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार दुई तिहाई दम्भमा अधिनायकवादको बाटोतिर मोडिदै गरेको दाबी गरेका छन् ।
सोमवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबद्वारा आयोजित साक्षात्कारमा बडुले सरकारको अधिनायकवादको रुप देखिन थालेको बताएका हुन् ।
उनले हिजो संसदमा प्रधानमन्त्रीले आफ्नो वक्तव्य राखिसकेपछि आफुहरुले प्रश्न सोध्न पाउनु पर्ने किटान गर्दै भने, ‘हामीलाई प्रश्न सोध्ने मौका सभामुखले दिनु पर्थ्यो । यो संविधानको मर्म हो, व्यवस्था हो अनि मान्यता पनि हो । तर, सभामुखले मौका नै दिनु भएन । यसले संसदको अंकुश मेटिन सक्छ ।’
बडुले मन्त्री वा प्रधानमन्त्रीले दिएको वक्तव्य माथि प्रश्न गर्न पाउने अधिकार नियमवालीमा रहेको प्रष्ट पार्दै भने, ‘प्रतिनिधिसभाको नियमवली २०७५ को नियम २१९, को १, अनुसार कुनै पनि मन्त्री र प्रधानमन्त्रीले संसदमा सभामुखको अनुमति लिएर सामुहिक महत्वको वक्तव्य दिन पाइन्छ । त्यसकै नं २, मा मन्त्री वा प्रधानमन्त्रीले सामुहिक महत्वको वक्तव्य दिइसके पछि त्यसै वक्तव्यमा आधारित रहेर सांसदहरुले प्रश्न सोध्न पाउने व्यवस्था छ ।’ उनले थपे, ‘दुई तिहाई छ भन्दैमा संविधानको बर्खिलापमा जाने ।’
वक्तव्य अनुसार सोधिएको प्रश्नको सहि जवाफ दिनु मन्त्री वा प्रधानमन्त्रीको कर्तव्य हुन्छ । बडुले भने, ‘मन्त्री वा प्रधानमन्त्रीले सोधिएको प्रश्नको अनिवार्य रुपमा जवाफ दिने र आफ्नो कुरा स्पष्ट गर्नु पर्छ । यसको उदेश्य मन्त्री, प्रधानमन्त्री वा सरकारलाई, संसदप्रति जवाफदेही बनाउने र संसद मार्फत जनतालाई सुसूचित गर्ने एवं जनताप्रति उत्तरदायी बनाउने यो संविधानको मर्म हो ।’
सरकार आफ्नो साथमा दुई तिहाई छ भन्दैमा संविधानकै नियम मिच्न विल्कुलै गलत हुने चेतावानि दिदै भने, ‘वर्तमान सरकार दुई तिहाईको बहुमत सरकार हो । दुई तिहाईको अधिकार परिचालन गरी कानुनहरु निर्माण गर्न सक्छ । तर, संविधानको बर्खिलापमा कानुन बनाउन त पाइन्न नि । संसद भित्रै नियम मिच्नु चानचुने कुरा हैन । यो सिधै दुई तिहाईको दम्भ सुरुभएको छ ।’
उनले संसदमा मात्रै नभएको कटाक्ष गर्दै भन्, ‘वाइडबडी खरिद प्रकरणमा समेत धेरै ठुलो अनियमितता भएको छ । यो खाली बाहिरको हल्ला मात्र नभएर यसको आधिकारिक रुपमा महालेखापरिक्षकले प्रतिबेदनमा उल्लेख गरिसकेको छ । सरकार जे गरिरहेको छ सबै संविधानको विपरीत मात्र गरिरहेको छ ।’ उनले थपे ‘सरकारले निरंकुशता लाद्न खोज्दैछ । न्यायपालिका माथि एउटा त्रासको वातावरण बनाइरहेको छ।’
संसद अवरुद्द पश्चात सभामुखले सम्पूर्ण सांसदहरुलाई सुचना टासेर २५ गते बोलाइएको जानकारि गराउदै उनले भने, ‘हामी जान तयार छौं । तर, जहा अवरुद्द भएको थियो, त्यही बाट अगाडि बढ्नु पर्छ र प्रधानमन्त्रीले हाम्रो जवाफ दिनु पर्छ ।’
नेकपाका सांसद देवेन्द्र पौडेलले उखान टुक्कामा जोड्दै भने, ‘के निउँ पाउँ कनिका फुकाउँ, भैरहेको मात्रै हो वर्तमान सरकारले कुनै प्रकारको दम्भ नदेखाइएको बताएका छन् । उनले भने, ‘सभामुख कृष्ण बहादुर महराले बोल्न नदिनु भएको हैन । यसको रेकर्ड हेरे हुन्छ ।’
संसदमा कुरै नसुनि आफै नारा वाजि गर्न थालेको आरोप लगाउदै पौडेलले भने, ‘नियमावलि अनुसार तपाईहरुले प्रश्न गर्न पाउनु हुन्छ । म त्यसको व्यावस्था गर्छु, कृपया तपाइहरु बस्नुहोस । सभामुखले भन्नु भएको थियो । त्यसपछि सभामुखले माननिय सांसद मिलनेन्द्र रिजाललाई बोल्नुस तपाई भनेर अवसर पनि दिनुभएकै हो । तर, केहि माननियहरु आफै हुदैन हुदैन भन्दै उफ्रिन थाल्नु भयो ।’
आफुहरुले सदनमा दुई तिहाईको हैसियतमा कुनै किसिमको निरंकुशता ल्याद्न नखोजेको प्रष्टपार्दै भने, ‘विल्कुल गलत प्रकारको प्रचार मात्र गरिएको हो । आजको युगमा नेपाल जस्तो देशमा एक जना सभामुखले निरंकुशता लाद्ने कुनै प्रकारको सम्भावना छैन । यो असम्भवको कुरा हो ।’
उनले वर्तमान सरकारलाई विभिन्न किसिमको आरोप मात्र लगाइरहेको दाबी गर्दै भने, ‘माननियहरु भन्नु हुन्छ, ‘संसदमा हामीलाई सभामुखले बोल्न समेत दिनुभएन ।’ अनि के, तपाइहरुले संसद भवन भित्रै नार चै सांकेतिक रुपमा लगाउनु भएको थियो ।’
सरकार कानुन प्रकृया निर्माणको क्रममा ढिला सुस्ति होला तर, कुनै पनि प्रकारको निरंकुशता लाद्न नचाहने जिकिर गर्दै उनले भने, ‘हामी जनताको बिच बाट प्रत्यक्ष निर्वाचित भएर आएको सरकार हो । यो सरकारले काम गर्ने प्रसंगमा कहि कतै सामान्य भएको गल्तीहरुमा खवरदारी गर्ने अधिरकार पनि विल्कुल छ । तर, आजको युगमा लोकतन्त्रको निम्ती झन्डै ७० बर्ष सम्म लडेर आएको अभियान्ताहरुले निरंकुशता लाद्ने कुरा सरासर गलत हो ।’
प्रधानमन्त्रीले संसदमा कुनै प्रकारको बढाई चढाई कुरा नगरेको किटान गर्दै भने, ‘प्रधानमन्त्रीले प्रतिपक्षिलाई अपिल गरेर नै भन्नु भएको छ, त्यहाँ पेलेर जाने कुरा गर्नु भएको थिएन । उहाले मात्र दश महिने कामको ब्रिफिङ गर्नु भएको हो । त्यसको विषयमा माननिय सांसदहरुले प्रश्न गर्न सक्नु हुन्छ । प्रधानमन्त्रीले पनि निर्धक्क साथ जवाफ दिन तयार नै हुनुहुन्छ । यसमा हाम्रो कुनै आपत्ति छैन ।’
पौडेलले विवादास्पद दुई वाइडबडी जहाज खरिद प्रकरणको विषयमा गल्ती गर्ने ले सजाय पाउने दाबी गर्दै भने, ‘यहाँ वाइडबडी खरिद प्रकरणको विषयमा धेरै संस्थालाई दोषी देखाएको छ । कहिल्यै पनि संस्था दोषी वा भ्रष्टाचारी हुदैन । त्यहाँ कुनै व्याक्तिले गद्दारी गरेको हुन सक्छ तर, सिंगो संस्थालाई हामीले दोष ठहराउनु हुदैन । जसले गल्ती गरेको छ त्यसले अवश्य सजाय पाउछ । यसमा कुनै दुई मत नै छैन, चाहे मन्त्री नै किन नहोस ।’