काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार बनाउने भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
मन्त्री बन्न इच्छुकले आजैबाट नाम दर्ता गर्न सकिने गरी सूचना जारी गर्नेसमेत उनले बताएका छन्। छाया सरकारका मन्त्रीहरुले सरकारको कामको निगरानी राख्ने उनले बताए ।
त्यसैगरी संसदीय दलको बैठकबाट विधेयकको बारेमा छलफल गर्न पार्टीको विज्ञ समूह गठन गर्ने निर्णयसमेत भएको छ ।
भोलिको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सभामुखसमक्ष प्रधानमन्त्रीलाई प्रश्न सोध्न नदिएकोबारे प्रश्न गर्ने निर्णय गरेको खाणले बताए।