२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

न्युयोर्कमा कम आय भएका र कागजात नभएकासमेत स्वास्थ्य बीमा कार्यक्रममा समेटिँदै!


२५ पुस २०७५, बुधबार  

0
Shares

न्युयोर्क । न्युयोर्कका मेयर बिल दि ब्लाजिओले ६ लाखभन्दा बढी न्युयोर्कबासीका लागि लक्षित गर्दै स्वास्थ्य बीमा ल्याउने प्रस्ताव गरेका छन् ।

उक्त योजनामा कम आय भएका र कागजात नभएकालाई समेट्ने प्रस्ताव न्युयोर्कका मेयर ब्लजिओले गरेका छन् ।

यसका लागि मेयर ब्लाजिओले एक सय मिलियन डलरको योजना प्रस्ताव गरेको  ब्लुमबर्गले जनाएको छ । सबैका लागि स्वास्थ्य बीमा ‘एनवाइसी केयर’ नाम दिइएको बीमा कार्यक्रम आयमा आधारित रहने छ । मेयर अफिसका अनुसार यो २०२१ बाट पूर्ण रुपमा सबैका लागि उपलब्ध हुनेछ । फोटो: ब्लुमबर्ग

प्रकाशित मिति : २५ पुस २०७५, बुधबार  १० : २१ बजे