५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

प्रज्ञामा गुञ्जियो मनराजको स‌ंगीत, एकल साँझमा दर्जन गायकले दिए साथ


५ माघ २०७५, शनिबार  

0
Shares

काठमाडौं । संगीतकार मनराज नकर्मीको एकल साँझ सम्पन्न भएको छ ।

नेपाल मण्डल टेलिभिजनको आयोजनामा शनिवार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठान भवनमा आयोजित एकल साँझमा दर्जन बढी कलाकारले मनराजको संगीतमा रहेको गीत गाएर उनलाई साथ दिएका थिए ।

नेपाली भाषाको १३ गीति संग्रह, नेपाल भाषाका ९ गीति संग्रह, ३ धून संग्रह, ८ चलचित्रमार्फत स्रोता, दर्शकमाझ ल्याइसकेका उनलाई साथ दिन दर्शकको बाक्लो उपस्थितिसमेत रहेको थियो ।

नेपाली कलाकारहरुद्वारा शुभकामना मन्तव्यबाट सुरुवात भएको कार्यक्रममा संगीता राणा प्रधान, टीका प्रसाई, रामचन्द्र काफ्ले, संगीता थापा शाक्य, विश्व नेपाली, सन्तोस लामा, मदन कृष्ण श्रेठ, प्रकाश तिमल्सिना, निशा देशार, नाती बज्र बज्रचार्य लगायत नकर्मीको संगीतमा गीत प्रस्तुत गरेका थिए ।

मनराजलाई संगीतमा १८ जना संगीतकारहरुले साथ दिएका थिए । उक्त अवसरमा नकर्मीलाई सम्मानसमेत गरिएको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  ८ : २० बजे