३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दाहालले भने, : नेपालमा औषधि उत्पादनले ठुलो फड्को मारिसकेको छ


८ माघ २०७५, मंगलबार  

0
Shares

ललितपुर । नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपालमा औषधि उत्पादनको क्षेत्रमा ठुलो फड्को मारिसकेको बताएका छन् ।

मंगलवार ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा नेपाल औषधि उत्पादक संघद्वारा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्ष दाहलले नेपालले औषधि उत्पादन क्षेत्रमा पछिल्लो समय अत्यान्तै ठुलो प्रगति गर्न सफल भएको दाबी गरेका हुन् ।

उनले कुनै ठुला रोगको उपचार गर्न अब बिदेशमा लाखौं खर्च गरि जान नपर्ने जिकिर गर्दै भने, ‘बिदेशमा ट्रिटमेन्ट गर्न जाने व्याक्तिहरुको अब, स्वदेशमै राम्रो एवं सहजता पूर्वक उपचार हुन्छ ।’

आफुहरु अहिले चार दशकको यात्रामा छौं । दाहालले भने, ‘निकै लामो समयको अन्तराल पश्चात हामीले नेपालमै औषधि उत्पादनमा यतिबेला काया पलट गर्न सफल भएका छौं । अहिले नेपालमा ५३ वटा औषधि उद्योग सञ्चालनमा छन् । बाकी ३० उद्योग सञ्चालनमा आउन तयारीमा छ ।’

उनले आधारभूत संरक्षण नेपाल सरकारले गरिदिनु पर्ने आह्वान गर्दै भने, ‘नेपाल सरकारले आधाभूत संरक्षण गरिदिए, देशलाई थप क्षमतावान औषधि, गुणस्तरिय औषधि साथै सस्तो मुल्यमा औषधि उत्पलब्ध गराउन सक्छौं । हामीले गुनस्तरिय औषधि उत्पादन गर्न सफल भइसकेका छौं ।’

कार्यक्रममा संघले उत्पादन गर्दै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याव र मेसिनहरुको प्रत्येक दुई बर्षमा एक्स्पो गर्दै आएको जाहेर गरे, साथै एक्स्पोमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै पहिलो पटक मरणोपरान्त अंगदानको अधियानलाई पनि संथागत गर्ने निर्णय भएको जानकारी दिए ।

सो अभियान कै क्रममा संघले आउदो फगुन १७ देखि १९ गते सम्म चितवनमा ‘मरणोपरान्त अंगदानको लागि सामाजिक अभियान सहितको नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ गर्न गइरहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : १६ बजे