काठमाडौं । गायक निसान भट्टराई र मिना सिंहको स्वरमा रहेको ‘शुभ लभ’ फिल्मको गीत सार्वजानिक भएको छ ।
बुधवार राजधानीको कमलादिस्थित राइजिंङ मलको क्यु एस सिनेमा हलमा चलचित्र ‘शुभ लभ’को पहिलो गीत सार्वजनिक भएको हो ।
ज्योतिष विज्ञानबाट चर्चा कमाएका ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले सो गीतमा रोमान्स गरेकी छिन् । उक्त चलचित्रको टाइटल गीत ओएसआर डिजिटलको युट्युबमार्फत रिलिज गरिएको हो ।
‘शुभ लभ’ नायक, नायिका दुवैको लागि डेब्यु चलचित्र हो । नायक अधिकारीले गीत मात्रै हैन फिल्म नै राम्रो बनेको धारणा राख्दै भने, ‘यो मेरो डेव्यु मुभि हो । फिल्म राम्रो बनेको छ । हाम्रो सम्पूर्ण टिमले धेरै मिहेनत लगाएर काम गरेको छौं । राम्रै चल्छ भन्ने पनि अपेक्षा राखेको छु ।’
लभ स्टोरी फिल्म ‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै डाक्टर सुर्य थापा, सरोज खनाल, राजाराम पौडेल, प्रदीप बाँस्तोला, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका जानकारी गराएका थिए ।
गीतमा शब्द र सङ्गीत अर्जुन पोखरेले दिएका छन्, भने सो चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् जानकारी दिए ।
चलचित्र ‘शुभ लभ’ चैत्र १५ मा रिलिज हुनेछ । हेर्नुस भिडियो ।