३ असार २०८२, मंगलबार | Tue Jun 17 2025

न्युयोर्कमा र हयोल्मो समुदायले भव्य रुपमा ल्होसार मनाउने तयारी गदै ।


Ang

१५ माघ २०७५, मंगलबार  

0
Shares

बौद्धमार्गी विभिन्न समुदायहरुको महान पर्व ल्होसारको अवसरमा अमेरिकाबासी तामाङ समुदाय र हयोल्मो समुदायले पनि विविध कार्यक्रमको साथ ल्होसार भव्य रुपमा मनाउने तयारी गरिरहेका छन । तामाङ समुदायको तामाङ समाज अमेरिकाले ल्होसारकै अवसरमा आफनै कार्यालयमा ल्होछारको धार्मिक पुजा गरि २ तारिख ज्याक्सनहाइटस्थित भेलोजिनो हलमा सबै संघसस्थाहरुको उपस्थितिमा वृहत ल्होछार मनाउन लागेको समाजको अध्यक्ष सानुमाया तामाङले जानकारी दिएको छ । उनका अनुसार यस पटकको ल्होछारमा समाजले तामाङ जातीको मौलिक भाषा र सस्कृतिको संरक्षण गदै भावी पुस्तासम्म निरन्तरता दिने उद्धेस्य अनुरुप विभिन्न मनोरञ्जनात्माक कार्यक्रम गर्न लागेको बताएको छ ।

त्यस्तै तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको विभिन्न राज्यमा रहेका च्याप्टरहरुको संयोजकत्वमा फेबररी २ तारिख न्युयोर्कमा , पेन्सिलभेनियामा, ३ तारिख कनेटिकेटमा फेबररी ९ तारिख बोस्टन, वासिङटनडिसि, डाल्लास र सनफ्रान्सिसकोमा र १० तारिख लसएजन्सलसमा हुने भएको तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले बताए । उनका अनुसार न्युयोर्कमा फेबररी २ तारिख गुल्सन टेरेसमा गुल्सन टेरेसमा दिउसो १ बजे लामा गुरुबाट पुजा गरेपछि पहिचान सम्बन्धीत प्रस्तुतीकरणसंगै दिवा भोजपछि डम्फु र टुङना सहितको सास्कृतिक गानासंगै बोन झाक्री नृत्य प्रस्तुत गरि वेलुकी अतिथि कलाकारहरुको प्रस्तुती हुने भएको छ । न्युयोर्क, कनेटिकेट, सानफ्रान्सीसको र लसएन्जलसमा अध्यक्ष लामा पुगेर सम्बोधन गर्ने भएको उनले बताए । त्यस्तै हयोल्मो समुदायले ल्होसारको दिन आफनै गुम्बामा पुजा गरि फेबररीको ९ तारिख फाइभ स्टार हलमा ल्होसार मनाउने भएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ९ : १९ बजे