१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

सञ्जिव वाइबाको ‘जाडो है महिना’ले तताउँदै दर्शक, दुई दिनमै कट्यो डेढ लाख भ्युज्


१५ माघ २०७५, मंगलबार  

0
Shares

काठमाडौं । गायक सञ्जिव वाइबाको जाडो है महिनामा म्युजिक भिडियोले युट्युबमा दुई दिनमै डेढ लाख भ्युज कटाएको छ । तामाङ कलाकार संघका अध्यक्षसमेत रहेका वाइबाको यस गीतको शब्द/संगीत आफ्नै हो । यो समाचार तयार पार्दासम्म गीतमा एक लाख ७० हजार भ्यु कटिसकेको छ ।

जनवरी २७ मा युट्युबमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा जेनिस दोङ तामाङ र दिप्ती गोम्जा तामाङको रोमान्स देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई अजय स्याङतान निर्देशन गरेका हुन् भने सेलो मुभी फ्याक्टीले बजारमा ल्याएको हो । गीतको कोरस भने अभि लामाले गरेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ९ : ५९ बजे