७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तामाङ समाजले मनायो सोनाम ल्होछार


Ang

२२ माघ २०७५, मंगलबार  

0
Shares


तामाङ समुदायको महान चाड २९५५ औ सोनाम ल्होछारको अवसर पारेर तामाङ समाज अमेरिकाले ज्याक्सनहाइटको भेलोजिनो हलमा विशेष कार्यक्रमको साथ ल्होछार मनायो । बेलुकी ४ बजे बौद्ध धर्म गुरुबाट पुजापाठपछि तामाङ समाजद्धारा सञ्चालन गदै आइरहेको ‘नाङसाल’ नेपाली भाषा स्कुलका विद्यार्थीहरुको उपस्थितिमा नेपाल र अमेरिकाको राष्ट्रिय गाना गाएर कार्यक्रमको शुरु भएको थियो ।

नेपाली महाबाणिज्यदुताबासको बाणिज्यदुत कृषु क्षेत्रीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा न्युयोर्क सिटि काउन्सीलका काउन्सीलमेन कोष्टा कोष्टनडिस विशेष अतिथिको रुपमा थिए । कार्यक्रममा विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुको साथै नेपाली मिसनको ५ जना अधिकृतहरु समेत कार्यक्रममा अतिथिको रुपमा सहाभागी थिए । ल्होछार कार्यक्रमको उदघाटन प्रमुख अतिथि बाणिज्यदुत क्षेत्रीद्धारा बुद्धको मुर्ति अगाडी बत्ति बालेर गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई बरिष्ठ उपाध्याक्ष बज्रेश मोक्तानले मन्तव्यले स्वागत गरेका थिए भने समाजका सचिव विनिता तामाङ र उपाध्याक्ष सुमित्र योन्जनले सबै अतिथिहरुलाई तामाङ टोपि र खादा ओढाएर आतिथ्य सत्कार गरेका थिए । समाजका अध्यक्ष सानुमाया तामाङको सभापतित्वमा भएको कार्यक्रम महासचिव बुद्धिमान तामाङले सञ्चालन गरेका थिए । कार्यक्रममा समुदायको मौलिक पहिचान झल्कने विविध लोक नृत्यहरु प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  १ : ०० बजे