३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

राजधानीमा सोनाम ल्होछारको रौनक, ५० फोटोमा हेर्नुस्


२२ माघ २०७५, मंगलबार  

8
Shares

काठमाडौं । २८५५ औं सोनाम ल्होछार भव्य रुपमा मनाइएको छ ।

मंगलवार राजधानीको सुन्धारास्थित टुँडिखेलमा तामाङ जातिको राष्ट्रिय पर्व फाग ल्हो(सुँगुर वर्ग) सोनाम ल्होछार भव्य रुपमा मनाएको हो ।

तामाङ घेदुङको संयोजकत्व, नेपाल राष्ट्रिय तामाङ घेदुङको सहसंयोजकत्वमा आयोजित ल्होछारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

ल्होछारको अवसरमा आज रत्नपार्क, शान्ति बाटिकाबाट ताम्बा, लामा र बोन्बो झाँकी सहित सयौंको संख्यामा आ-आफ्नो संस्थाको ब्यानरमा र्याली प्रदर्शन गरेका थिए ।

महोत्सवमा झाँकी, लामालेसमेत नाच प्रस्तुत गरे । ल्होछार सभालाई सम्बोधन गर्दै नेताहरुले सोनाम ल्होछारको बिदा कटौति गरेकोमा विरोध जनाएका थिए ।

विगत वर्षमा दिइएको सार्वजनिक बिदा यस पटक कटौती गरी पर्वलाई मान्यता नदिएको भन्दै २८५५औँ सोनाम ल्होछार तथा तामाङ सांस्कृतिक महोत्सवका वक्ता विभिन्न राजनीतिक दलका नेताले आगामी वर्षदेखि सार्वजनिक बिदा दिने गरी निर्णय गर्न माग गरे । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सबै जातजातिको पर्वमा बिदा दिइनुपर्ने बताए । आफ्नो दलको सरकार भएका बेला दिइएको बिदा वर्तमान सरकारले कटौती गरेकामा उनले आपत्ति जनाए ।

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जातजातिका पर्वको बिदा काटेर राष्ट्रिय मान्यता नदिइएकामा आपत्ति जनाउँदै संस्कृतिको रक्षा नगरे देशको अस्तित्व खतरामा पर्ने बताए । विसं २०६४ फागुन १६ गते मधेशवादी र १८ गते तामाङ समुदायसँग सरकारले गरेको पहिचानसहितको सङ्घीयताको सम्झौता कार्यान्वय गर्न उनले स्मरण गरे ।

जनजाति महासङ्घका अध्यक्ष जगत बराम, आयोजक समितिका अध्यक्ष मोहन गोलेलगायतले ल्होछारको बिदा कटौती गर्दा गरेकोमा विरोध जनाए ।

 

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ९ : २७ बजे