शुभप्रभात राई / काठमाडौं
किराँत राई विद्यार्थी संघ आरआरको इकाई समितिको आयोजनामा खुल्ला कविता तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार राजधानीको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा किरात राई विद्यार्थी संघ आरआर इकाई समितिद्वारा आयोजित खुल्ला कविता तथा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोख्खाका केन्द्रिय अध्यक्ष दिवस राई, विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य हेमकुमार राई, सभापति किराँत राई विद्यार्थी संघ आरआरको इकाई समितिका अध्यक्ष सञ्जय राई, अनेरास्ववियुका केन्द्रिय सदस्य तथा आरआर क्याम्पसको सोवियु सहसचिव इन्द्रहाङ राई, नेविसंघ आरआर इकाई समितिका सचिव जेम्सिङ राई, आरआर सोवियु सदस्य मदन भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
किरात राई विद्यार्थी संघ आरआरले हरेक विद्यार्थीको व्याक्तित्व विकास र अन्तरनिहीत क्षमताको प्रष्फुटन गराउन अवसर प्रदान गर्ने लक्ष्यका साथ आयोजना गरेको कार्यक्रममा सात क्याम्पस बाट ७८ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा कविता प्रतियोगितामा ३२ जना र वक्तृत्वकला प्रतियोगितमा ४५ जनाको सहभागिता रहेको थियो । कविता वाचनमा लोकप्रिय कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ श्रवण मुकारुङ र वक्तृत्वकला प्रतियोगितामा किरात राई यायोख्खाको केन्द्रिय सदस्य देवन राईले निर्णयक मण्डलको भूमिका निभाएका थिए ।
वक्तृतित्वकलाको शिर्षक ‘आधुनिक नेपाल निर्माणमा युवा वर्गको भुमिका’ रहेको थियो भने, कविताको शिर्षक तोकिएको थिएन । समय भने पाच मिनेट तोकिएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा ४४ प्रतिस्प्रधिलाई पछि पार्दै प्रथम अशोक विश्वकर्मा, दोस्रो लादेन राई, तेस्रो अम्बिका खड्का र सान्तावन्ना विवेक राज खतिवडाले स्थान ओगट्न सफल भएका छन् ।
कविता प्रतियोगितामा ३१ प्रतिस्प्रधिलाई पछि पार्दै प्रथम श्री दीप दाहाल, दोस्रो मञ्जरी गिरी, तेस्रो स्वस्थानी कार्की र सान्तावन्ना हेमराज निरौलाले आफ्नो स्थान सुरक्षित गरेका थिए ।
कार्यक्रममा आयोजकले दुवै पक्षका प्रथम, द्दितिय र तृतियलाई मायाको चिनो (ट्रफि), मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए भने, सान्तावन्ना भएकालाई स्पेसल मेडल र प्रमाणपत्रले सम्मान गरेका थिए ।
किराँत राई विद्यार्थी संघ आरआरको इकाई समितिका अध्यक्ष सञ्जय राईले सम्पूर्ण विद्यार्थीलाई लक्षित गरी आगमी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्ने धारणा व्याक्त गर्दै भने, ‘किरात राई आरआर इकाई समिति अझै तिव्र गतिमा क्रियाशील रुपमा अगाडि बढ्ने छौं । विद्यार्थीको व्याक्तित्व विकासमा भूमिका खेल्ने आगमी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम गर्ने छौं ।’
समृद्ध नेपाल निर्माण गर्न उक्त कार्यक्रमबाट थप ईटा थपिएको जिकिर गर्दै राईले भने, ‘वक्तृत्वकला प्रतियोगितामा समय सापेक्ष शिर्षक राखेका हौं । यसैको माध्यमले रचनात्मक तथा आकर्षक विचारहरुबाट संघिय नेपाल निर्माणमा युवाले स्वयम आफ्नो भुमिका नियाल्न सक्ने छन् ।’
कार्यक्रममा किराँत राई विद्यार्थी संघ आरआरको इकाई समितिका सदस्य पनम राईले स्वागत मन्तव्य गरेका थिए भने, सचिव अनिस राईले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।