१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

शिव शर्मा चञ्लको परदेशी रुवाउने ‘आमाको आँसु ‘


Ang

४ फाल्गुन २०७५, शनिबार  

0
Shares

 

परदेशमा रहदा आमा गुमाउदाको पीडा कस्तो छ । त्यो भन्दा पीडा अझै स्वदेश र्फकन नपाउदा कस्तो हुन्छ । परदेशीहरुको वास्तविकतालाई पत्रकार तथा गीतकार शिव शर्मा चञ्चलले मार्मिक शब्दमा उतारेका छन् । देश छाडेर परदेशीएकाहरुलाई चस्क पार्ने मन मार्मिक गीत आमाको आँसु ल्याएका छन् । उनले आफनै दिवंगत आमा जमुना कुमारी भट्टराईको वाषिर्क पुण्य तिथिको अवसर पारेर आमालाई सम्झदै गीत ल्याएका हुन । यो मेरो आमाको मात्र नभई सबै परदेशीहरुको सामुहिक गीत हो’ उनले भने-‘परदेशमा रहदा घरपरिवार गुमाउदाको पीडा संगै परदेशको पीडा यसमा पोखिएको छ ।’

अमेरिकाको टेक्ससको युलेस स्थित फिस्टेल नेपाली रेष्टुरेन्टमा शनिवार गीतको भीडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतले कार्यक्रममा उपस्थित धेरैका आँखा रसाए । कार्यक्रममा बोल्दै वरिष्ट चलचित्र निर्देशक नारायण पुरीले गीतले सबै परदेशीलाई छुने हदयविदारक भएको बताए । ‘गीत राम्रो लागेर भीडियो निर्माणका लागी पहल गरे’ निर्देशक पुरीले भने-गीतले आमा संगै माटो र देश बोलेको छ ।

लेखक तथा निर्देशक शैलेश आचार्यले गीतका भावुक शब्दले सबै परदेशीको आँत छाम्ने बताए । धेरै यथार्थ गीतले बोलेको छ’ उनले भने-‘आमा हुने र नहुने सबैलाई यो गीतले सन्देश दिनेछ ।’  कार्यक्रममा बोल्दै एनआरएनका पुर्व उपाध्यक्ष तथा युवा व्यवसायी राम सि पोखरेलले गीतले आफुलाई भावुक बनाएको बताउदै गीतले सबैलाई छुने बताए । उनले स्वर शब्द र भीडियोले गीत उत्कृष्ट बनेको छ उनले भने-‘आमाको वाषिर्क तिथी गीत नै सार्वजनिक गरेर सर्मपण गर्नु ठुलो उपलब्धी मान्नुपर्छ । ‘
प्राध्यापक तथा साहित्यकार प्रभात दिक्षितले गीतले आफनो आँखा रसाएकोब बताउदै पछिल्लो क्रममा परदेशीहरुका लागी यो गीत मन छुने बताए । उनले भने- यो केवल स्रष्टाको मात्र नभई जीवित र दिवंगत आमाहरुको गीत हो । कार्यक्रममा नेपाली समाज टेक्ससका सचिव डा परशुराम दादाल, नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष विकासराज न्यौपाने, सचिव सुरज भण्डारीले आमाको आँसु सबै परदेशीको पीडा भएको बताएका थिए ।

गीतले परदेशमा रहदा आफन्त गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा उतारिएको छ । यो मार्मिक गीतलाई गोविन्द मधुर आचार्यले सुमधुर आवाज दिएका छन् । गीतमा उनलाई गायिका वसन्ता प्रकृतिले साथ दिएकी छन् । गीतमा संगीत र एरेन्ज समेत गायक आचार्यले गरेका छन् ।  गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । म्युजिक भिडियो समेत निर्माण भएको गीतलाई शिव पुरीले निर्देशन तथा सम्पादन गरेका हुन । रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजा कुमार घोष, रेगन क्ष्ाेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ट चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ४ : ०१ बजे