६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

किन भयो पशुपति शर्माको ‘लुटन सके लुट ‘गीत विवादीत


Ang

६ फाल्गुन २०७५, सोमबार  

0
Shares

चर्चित लोक गायक पशुपति शर्माले नेपालमा बडिरहेको भ्रष्टचारसंगै नेता, कर्मचारीले पदीय दुरुपयोग गर्न थालेको भावमा गाएको गीत ‘लुटन सके लुट ‘ बोलको गीत एक दिनमै सबैतिर भाइरल बन्यो । यो गीत चर्चित हुनुको कारण जनताले गीत मार्फत नेपालको अहिलेको बास्तविक राजनितिक अवस्थाको बारेमा बुझने अवसर पाएको छ । सरकार, पाटीका नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर लोक गायक शर्माको यो गीत निकै भाइरल भएपछि सरकार पक्षीय कार्यकर्ताहरुले गायक शर्मालाई आक्रोशसंगै धम्की दिएका थिए ।

शुक्रबार सार्वजनिक भएको उक्त गीतले विश्व बजार तातिएपछि अपलोड भएको गीत हटाउन गायक शर्मालाई बाध्य बनाएका थिए । अनेकौ धम्की आएपछि गायक शर्माले पनि अन्ततः शनिबार साझनै युट्युवबाट गीत हटाएर फेसबुकमा स्टाटस लेखेर गीत गाउनुको मुख्य उद्धेस्य देशमा सुशासन कायम होस् भन्ने मात्र रहेको र कुनै राजनीतिक पाटीप्रति आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

‘मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु’ शर्माले भनेका छन् ।

उनको गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्ड लगायतका विषयमा पनि उनले सरकारलाई ब्यंग्य गरेका छन । देशको बास्तविक अवस्थाको चित्रण गदै पेशेवार गायकले गीत गाउदा सरकारले निरंकुश तवरले आफनो कार्यकर्ता मार्फत धम्काएर युटयुबबाट हटाउन लगाएकोमा प्रतिपक्षि र गायकहरुले विरोध गरेका छन ।

 पशुपति शर्माको स्टाटस

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरोलुट्न सके लुट कान्छाभन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु

सर्वप्रथम यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन तर सुशासन कायम हुनुपर्छ देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा सचेत छु मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा अन्तर हृदयदेखि माफी चाहन्छु मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु विकृतिको उजागर गर्नु मात्र थियो यसमा पुन: प्रष्ट पार्न चाहन्छु अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु अन्त्यमा पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु धन्यवाद पशुपति शर्मा  

गायक शर्माले आफनो फेसबुक स्टाटसबाट विज्ञाप्ती जारी गरि युटयुब पेजबाट गीत हटाएपनि डेल्लि केटिम अपडेटले आइतबार उनको विवादीत गीत युटयुबमा राखेको छ । हेर्नुस

 

 

 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ०० बजे