११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

न्युयोर्कको बाटोको नाम ‘माउन्ट एभरेष्ट वे’, औपचारिक घोषणा मार्च ९ मा


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

अमेरिकी नेपाली समुदायको सम्मानमा न्युयोर्क सिटिले क्विन्सस्थित सेभेन्टी फाइभ स्ट्रिटको बाटोलाई ‘ माउन्ट एभरेष्ट वे ‘भनेर आगामी मार्च ९ तारिख भव्य कार्यक्रमकाबीच औपाचारिक घोषणा गर्ने भएको छ । उक्त घोषणा कार्यक्रम नेपाली समुदायहरु, नेपाली महाबाणिज्यदुताबास र न्युयोर्क सिटिले संयुक्त रुपमा आयोजना गर्न लागेको छ ।

कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन नेपाली महाबाणिज्यदुताबासले सवै नेपाली समुदायका प्रतिनिधिहरुलाई सोमबार कन्सुलेटमा बोलाएर छलफल गरेका थिए । सवै समुदायको उपस्थितिमा भएको छलफलले आर्थिक समिति, स्टेज समिति, व्यवस्थापन समिति र स्टल समिति लगायतका विभिन्न समितिहरु गठन गरेका छन ।

‘हामी नेपालीहरुको सम्मानमा न्युयोर्क सिटिले घोषणा गर्न लागेको बाटोको नाम माउन्ट एभरेष्ट वे कार्यक्रममा सवै नेपाली समुदायहरुलाई प्रत्यक्ष रुपमा साथ र सहयोगको लागी हार्दिक अनुरोध गर्दछु’ नेपाली महाबाणिज्यदुताबासका नायब महाबाणिज्यदुत पुष्प भट्टराईले भने-‘ न्युयोर्क सिटिले गर्न लागेको यो ऐतिहासिक कार्यक्रममा हामी सवै एक भएर कार्यक्रम भव्य रुपमा सफल बनाउनु हाम्रो जिम्मेवारी हो ‘ ।

समुदायका प्रतिनिधिहरुसग भएको छलफलसंगै कार्यक्रमको अन्तिम तयारीको बारेमा छलफल गर्न क्विन्समा चाडै कन्सुलेटले बैठक बोलाउन लागेको बाणिज्यदुत कृषु क्षेत्रीले बताए ।

माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको दिन स्ट्रीट फेष्टिबल गरि नेपाल चिनाउने कार्यक्रमहरु गर्न लागेको छ । विश्व माझ माउन्ट एभरेष्ट भनेको वितिकै नेपाल र नेपाली सजिलै चिनिएकोले सिटिले केही महिना अघि यो नाम पास गरेको हो । सिटिले यो नाम प्रस्ताव गर्न अघि न्युयोर्कका समुदायका प्रतिनिधिहरु वीच सगरमाथा वा माउन्ट एभरेष्ट दुई मध्ये बहुमतको निर्णयले माउन्ट एभरेष्ट पारित गरेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : १२ बजे