४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

वासु शशी स्मृति सम्मान पाँच स्रष्टालाई प्रदान गरिने


१९ फाल्गुन २०७५, आइतबार  

0
Shares

काठमाडौं: वासु शशी स्मृति परिषद्को २५औँ रजत जयन्तीका अवसरमा पाँच स्रष्टालाई सम्मान गरिने भएको छ । परिषद्ले एक विज्ञप्ति जारी गर्दै साहित्यकार श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान र श्रेष्ठ प्रिया पत्थरलाई ‘वासु शशी साहित्य सम्मान–२०७५’ प्रदान गर्ने भएको छ । परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८३औँ जन्मजयन्तीका अवसरमा आगामी चैत १२ गते प्रदान गरिने सचिव प्रद्युम्न जोशीले जानकारी दिए । सम्मानको राशि जनही रु दश हजार रहेको छ ।

परिषद्को विज्ञप्ति यस्तो छ

वासु शशी साहित्य सम्मान

काठमाडौं १९ फाल्गुण, २०७४

 

वासु शशी स्मृति परिषद्को २५ औं रजत जयन्ती अवसरमा पाँच अग्रज स्रष्टाहरूलाई सम्मान प्रदान गर्ने भएको छ । परिषद्को निर्णय अनुसार वरिष्ठ साहित्यकारहरू श्रीधर खनाल, ज्ञान उदास, भागीरथी श्रेष्ठ, कल्पना प्रधान, श्रेष्ठ प्रिया पत्थरलाई “वासु शशी साहित्य सम्मान–२०७५” प्रदान गर्ने भएको छ ।
साहित्यकार खनाल विगत छ दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँको उपन्यास, हास्यव्यङ्ग, चलचित्र र टेलिपिल्मका कथा, केही साप्ताहिक पत्रिका सम्पादन सहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ ुभैरव अर्याल पुरस्कारु, ुवासुदेव लुईटेल पुरस्कारु, ुत्रिनेत्र सम्मानु–सिक्किम, ुगोरखादक्षिणबाहु चौथोु, ुशुभराज्यभिषेक पदकु, चलचित्र कलाकार संघबाट कदरपत्र लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
साहित्यकार उदास विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँका कविता, गीत, गजल, मुक्तक, वाल कथासङ्ग्रह, साहित्यकार–कलाकारहरूको हस्ताक्षर र केही साप्ताहिक पत्रिका सम्पादन सहित दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ ुनेपाली साहित्य संस्थान स्वर्ण पदकु, ुकेदारमान व्यथित राष्ट्रिय प्रतिभा पुरस्कारु, ुनवक्षितिज वाणी साहित्य पुरस्कारु, ुमहाकवि देवकोटा शताब्दी सम्मानु, ुवनिता साहित्य सेवा सम्मानु लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
साहित्यकार भागीरथी श्रेष्ठ विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँका कथा, उपन्यास, लघुकथा, र केही साहित्यिक पत्रिका सम्पादन सहित डेढ दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ ुलुम्बिनी अञ्चलस्तरिय गद्यतर्फ प्रथम भई स्वर्ण पदक, रत्नश्री स्वर्ण पदक, सर्वोत्कृष्ट कथाकार (टेलिफिल्म, प्रतियोगिता), मैनाली कथा पुरस्कार, प्रतिभा पुरस्कार, नुरगङ्गा साहित्य पुरस्कार, दायित्व वाङ्गमय पुरस्कार, पाल्पा वाङ्गमय सम्मान लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
वाल साहित्यकार प्रधान विगत पाँच दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँको वालकथा, कविता, उपन्यास, कथा सहति दुई दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ ुनुरगङ्गा प्रतिभा सम्मानु, ुरत्न वालकोष साहित्य पुरस्कारु, ुवालसाहित्य समाज पुरस्कारु, ुसमाज कल्याण वाल पुरस्कारु, ुशव्दयात्रा वाल पुरस्कारु, ुअस्वीकृत वाल साहित्य पुरस्कारु लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
साहित्यकार श्रेष्ठ प्रिया विगत तीन दशकदेखि नेपाली भाषा साहित्यक्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आउनु भएको छ । उहाँका कविता, गजल, उपन्यास, र केही साहित्यिक पत्रिका सम्पादन सहित एक दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन् । उहा“ ुराष्ट्रिय प्रतिभा पुरस्कारु, ुरामराज पन्त स्मृति पुरस्कारु, ुसुदुर पश्चिमाञ्चल साहित्य सम्मानु, ुकेवलपुरे जनमत साहित्य सम्मानु, ुसाहित्य श्री मानद अलङ्करण सम्मानु–(हिन्दी साहित्य परिषद) लगायत अन्य विभिन्न संघ संस्थाबाट सम्मानित भैसक्नु भएको छ ।
परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले साहित्यकार खनाल, उदास, श्रेष्ठ, प्रधान, पत्थरलाई सर्वसम्मतिले सम्मान दिने निणर्य ग¥यो । उक्त सम्मान वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८३ औं जन्मजयन्तीको अवसरमा आगामी चैत्र १२ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले वताउनु भयो । सम्मानको राशी दश हजार रहेको छ ।

वासु शशी स्मृति पुरस्कारबाट वरष्ठि कवि एवं साहित्यकारहरू विनोद अश्रुमाली, मञ्जु का“चुली, बद्री पलिखे, गणेश रसिक, हेम हमाल, विश्वविमोहन श्रेष्ठ, अशेष मल्ल, हरि अधिकारी, कृष्णभूषण बल, काजी रोशन, डा.विष्णुविभु घिमिरे, नरेन्द्रबहादुर श्रेष्ठ, डा. विमल कोइराला, तीर्थ श्रेष्ठ, कणाद महर्षि, उषा शेरचन, गोविन्द गिरी प्रेरणा, सैलेन्दुप्रकाश नेपाल, पुरस्कृत र वासु शशी साहित्य सम्मानबाट तीर्थराज वन्त, डा.मोहनहिमाशु थापा, तुलसी दिवस, भैरवनाथ रिमाल ‘कदम’, प्रदीप रिमाल, यादव खरेल, गीताकेशरी, शीव रेग्मी, परशु प्रधान, कालीप्रसाद रिजाल कृष्ण जोशी, रमा शर्मा सम्मानित भैसक्नु भएको छ ।

………………………
प्रद्युम्न जोशी
(सचिव)

 

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५८ बजे