८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

अन्तरार्ष्ट्रिय पर्यटन महिला उद्यमी अवार्डबाट ६ जना सम्मानित


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई ‘अन्तरार्ष्ट्रिय पर्यटन उद्यमी अवार्ड’ प्रदेश नं ३ की प्रमुख एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले अवार्ड हस्तानतरण गरिन् ।

बुधवार राजधानीको दरवारमार्गस्थित अन्नपूर्ण होटलमा पलेटीज् होलिडेद्वारा आयोजित एक कार्यक्रमबीच पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई सो अवार्ड प्रदान गरेका हुन् ।

‘भ्वाइसेस एन्ड भिजन वमन अवार्ड’ नाम रहेको उक्त उद्यमी अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ, सगरमाथा आरोही रोजिता बुद्धचार्य, पर्यटन गाइड सुनैना राउत र भारतीय सुचिता नाग्पल, मेघा शर्मा र सुकन्या एएमलाई प्रदान गरिएको हो ।

अवार्ड एनआइसी एसिया बैंकको सहकार्यमा पहिलोपटक यो अवार्ड प्रदान गरिएको कार्यक्रममा पलेटीज्का अध्यक्ष किशोर घिमिरेले जनाए ।

‘नेपाल सरकारले लिएको भिजिट नेपाल ट्वान्टी – ट्वान्टीको लक्ष्यलाई समर्थन र सहकार्य गरी अघि बढेको उनले बताए ।

कार्यक्रममा नं ३ की प्रमुख कोइरालाले सम्मानित सम्पूर्णलाई बधाइ ज्ञापन गर्दै भनिन्, ‘भ्वाइसेस एन्ड भिजन वमन अवार्डले महिला उद्यमीलाई थप प्रत्साहन मिलेको छ ।’

उनले भिजिट नेपाल ट्वान्टी – ट्वान्टीको लक्ष्य पूर्णरुपमा सफल हुने उल्लेख गर्दै भनिन्, ‘नेपाल र भारतको सम्बन्धलाई पनि यो कार्यक्रमले अझ मजबुद बनाउछ ।’

कार्यक्रममा संस्थाका सदस्य चिराग बाङ्देल र सन् २००५ को मिस नेपाल सुगारिका केसीले सञ्चालन गरेका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : २८ बजे