४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

सरकार र सीके राउतबीचको सम्झौता राष्ट्रघाती: कांग्रेस सहमहामन्त्री महत


२५ फाल्गुन २०७५, शनिबार  

0
Shares

नेपाली कांग्रेसका सहमहामन्त्री डा . प्रकाश शरण महतले सरकारले स्वतन्त्र मधेस गठबन्धनको नाममा देश टुकाउन खोज्ने सि.के. राउतसंग गरेको सम्झौतालाई राष्ट्रघातको संज्ञा दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, प्रदेश -३ ले आयोजना गरेको भेला तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो विचार राखेका हुन् ।

असन्तुष्ट पक्षलाई वार्ता र सहमतीमा ल्याउनु त पर्छ तर सहमतिको नाममा राष्ट्रियतामै गम्भीर प्रश्न उठ्ने गरि सम्झौता गर्नु गलत भएको भन्दै सम्झौतामा उल्लेख जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौ भनेको के हो ? के देश टुक्राउन जनमत संग्रह गर्न पनि सरकारको सहमत हो ? प्रश्न गरे ।

महतले कम्युनिष्टको सरकार आएपछि आर्थिक सुचकहरु समेत डामाडोल भएको आरोप लगाए । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले वर्तमान सरकारले आमनागरिक र श्रमिकको पक्षमा धेरै प्रचार गरे पनि वास्तविकमा काम गर्न नसकेको ठोकुवा गरे । नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले वर्तमान कम्युनिष्ट सरकार श्रमिक र ट्रेड युनियन अधिकार कुन्ठित गर्ने दिशातिर अग्रसर रहेको बताए । कार्यक्रम नेपाल वित्तीय संस्था कर्मचारी संघ, प्रदेश -३ का अध्यक्ष राम शंकर बस्नेतको अध्यक्षयतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ६ : ५३ बजे