२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

न्युयोर्कस्थित ज्याक्सन हाइटको बाटोको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा[भिडियोसहित]


२६ फाल्गुन २०७५, आइतबार  

0
Shares

न्युयोर्क । नेपाली समुदायको सम्मानमा न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटोको नाम मार्च ९ तारिखबाट ‘माउन्ट एभरेस्ट वे’ को रुपमा नामकरण गरिएको छ।

न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बिशेष कार्यक्रमको बीच उक्त स्ट्रीटको नाम ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरेका हुन्।

कार्यक्रममा बाटोको पोलमा छोपेर राखेको नाम खोल्न अघि युएस नेपाल क्लाईबर्स एसोसियसनद्वारा बनाएको सगरमाथाको मूर्ति सामुन्ने राखिएको बत्ती बालेर औपाचारिकता दिएका थिए। कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटको महाबाणिज्यदुत पुष्पा भट्टराई, एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारी र संस्कृति समितिका संयोजक राजकुमार बिष्टले मन्तब्य दिएका थिए।

दोस्रो चरणको कार्यक्रममा बिभिन्न समुदायको मौलिक संस्कृति झल्कने नृत्यसँगै नेपाल विधुत प्रधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नागरिक अभिनन्दन गरिएको थियो।

तस्बिरहरु: ङिमा पाख्रिन

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १२ : ३७ बजे