२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

ताप्लेजुङको घुन्सा स्वास्थ्य चौकीलाई अमेरिकाबाट १० लाख सहयोग


Ang

२ चैत्र २०७५, शनिबार  

0
Shares

ताप्लेजुङको फत्ताङलुङ गाउपालिकास्थित लेलेप घुन्सामा निर्माणधीन स्वास्थ्य चौकी निर्माणको लागी जन सम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले १० लाख रुपिया सहयोग प्रदान गरेको छ । अमेरिकास्थित नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरको सभापति पुर्ण शेर्पाले उक्त रकम घुन्सा फाउण्डेसनका अध्यक्ष याङजुम शेर्पालाई राजधानीमा हस्तन्तरण गरेको छ ।

काठमाडौस्थित ताप्लेजुङ समाज नेपालको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले सुदुर पूर्वको विकट जिल्ला घुन्साका स्थानीय जनसमुदायलाई समक्ष स्वास्थ्य सेवा दिने उद्देश्यले निर्माण हुन लागेको स्वास्थ्य चौकी निर्माणको लागी समिति मार्फत सहयोग गर्न पाउदा खुसी लागेको बताए । उक्त स्वास्थ्य चौकी घुन्सा फाउण्डेशनको अगुवाइमा निर्माण भइरहेको छ । सहयोग हस्तन्तरण कार्यक्रममा वक्ताहरुले अमेरिकामा बसेर ताप्लेजुङको ग्रामीण क्षेत्रको नागरिकको स्वास्थ्यको चासो राख्ने कायप्रति आभार व्यक्त गदै चौकी निर्माणपछि घुन्सा लेलेपका सर्वसाधरणले सामान्य उपचारका लागि ठूलो खर्च गरी अन्यत्र जानुपर्ने वाध्यता हट्ने बताए ।

कार्यक्रममा क्यालिफोर्निया च्याप्टरका सभापति पुर्ण शेर्पा र घुन्सा फाउण्डेसनका अध्यक्ष याङजोङ शेर्पाबीच यस किसिमको सामाजिक कार्यमा सदैव निरन्तरता दिने समेत प्रतिवद्धता जनाएका थिए । स्वास्थ्य चौकीको लागि यस अघि इमेराल्ड गु्रप हस्पिटेक इन्टरप्राइजेजका विशाल पडिण्तले आवश्यक १३ लाख बराबरको मेडिकल सामाग्री र तनहुको माननीय किसान श्रेष्ठको सिमरास्थित क्लासिक म्याट्रेस फक्याट्रीबाट आवश्यक मेट्रेस सहयोग गरेको अध्यक्ष याङजुम शेर्पाले बताइन ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ९ : ०० बजे