१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

विद्युतमा लोड बढाउने इन्भर्टर पो रहेछ, उपभोक्ताको साथले लोडसेडिङ अन्त्य: कुलमान घिसिङ[भिडियो]


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

कुनैबेला नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । काठमाडौंका जनतालाई विद्युत प्रधिकरणले उज्यालोको पर्व तिहारमा झिलीमिली बत्ती नबाल्न सूचना जारी गरी उर्दी नै गरेको थियो ।

लोडसेडिङका कारण परीक्षाको तयारी राम्रो गर्न सकिदैनथियो । बत्ती नभएका कारण साँझ ७ बजे नै सुत्नुपथ्र्यो भने पानी तान्न राति १ बजे नै उठ्नुपथ्र्यो । बत्तीकै कारण धेरैको दैनिक गोलमाल थियो भने उद्योगको हालत त्यस्तै थियो ।

विद्युत प्रधिकरणमा चरम अनियमितता र सरकारको अवस्था पनि त्यस्तै भएको जनता हैरान भएका थिए । अहिले कथाजस्तो लागे पनि यो दुई वर्षअघिको मात्र कुरा हो । जनार्दन शर्मा उर्जामन्त्री भएकै बेला विद्युत प्रधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा नियुक्त भए । २०७३ भदौ २९ गतेको उक्त निर्णयले पीडित जनताको मुहारमा चमक ल्यायो ।

त्यही सालको तिहारमा कुलमानले काठमाडौं झिलीमिली बनाए । भनिन्छ, उक्त तिहारको लक्ष्मी पूजाका दिन उनी राति ८ बजेदेखि १० बजेसम्म काठमाडौंका भारप्रेषण केन्द्रदेखि नो लाइट शाखाहरुमा घुमेका थिए । तिहारका दिन खुसी भएपनि अरु दिन त लोडसेडिङै हुन्छ होला भनेर खिस्रिक्क जनताको अनुमान गलत साबित भयो र लोडसेडिङ लगभग अन्त्य नै गरिदिए कुलमान घिसिङले ।

उनै नेपाल विद्युत प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाका न्युयोर्कमा नागरिक अभिनन्दन सम्मानसमेत गरिएको छ । त्यसको अघिल्लो दिन तामाङ सोसाइट अफ न्युयोर्क च्याप्टरले सम्मान गरेको थियो । वल्र्ड बैंकको कार्यक्रममा सहभागी हुन न्युयोर्क आईपुगेका बेला कार्यकारी अधिकृत घिसिङसँग एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी

लोडसेडिङको क्षेत्रमा एक किसिमको चमात्कार नै भयो, यो कसरी सम्भव भयो ?
जुन काम भएको छ । यो ठुलो परिवर्तनको महसुस गरियो । यो महान काम त होइन । हामीले आफ्नो पोजिसनको दायित्वमात्र पुरा गरेको हो । त्यसअघि सही रुपमा विद्युत सेवा दिन सकिरहेको थिएन । त्यसलाई हामीले सही व्यवस्थापन गरेर गुणस्तरीय सेवा दिएको मात्र हो । यो चमत्कार र ठुलो परिवर्तन भयो भन्ने कुरा नेपाली जनसमूदायले महसुस गरेको देखिएको हो ।

यसको व्यवस्थापन कसरी भयो भन्ने कुरा सबैले चासो राख्ने कुरा हो । हामीले प्राविधिक रुपमा सही रुपमा व्यवस्थापन गरेका हौ । हाम्रो आन्तरिक स्रोतसाधनलाई सही रुपमा व्यवस्थापन गरेकाले यो सम्भव भयो । व्यवस्थापन विद्युत प्रधिकरणमात्र होइन । हाम्रोमा १२ हजारभन्दा बढी कर्मचारी हुनुहुन्छ । टिमवर्क पनि हो । सरकार, मन्त्रालय र उपभोक्ताको सपोर्टले नै बल मिल्यो र यो सम्भव भयो ।
माग व्यवस्थापन प्रभावकारी भयो । हामीले उपभोक्ततिरबाट पहिले व्यवस्थापन गर्न सहयोग आयो । त्यसपछि वितरणका कुरा विस्तारै हुँदै आएका छन् । विद्युतको वितरण समनता थिएन । त्यसलाई हामीले तोड्यौ । सरकारमा बस्ने सम्पूर्ण निकायका व्यक्ति, विद्युत प्रधिकरण र उपभोक्ताको साथमा यस्तो भएको हो । यसमा विद्युत प्रधिकरणले नेतृत्वमात्र लिएको हो ।

तपाईअघि पनि कार्यकारी अधिकृत थिए, उपभोक्त थिए, सरकार पनि थिए नि ?
लोडसेडिङ गर्ने अनि उपभोक्तालाई आश्वासनमात्र दिने कामले हुँदैन रहेछ । त्यसमा त विश्वास देखिएन । हामीले परिणाममा काम गर्ने हो । परिणाममा काम गरेकाले उपभोक्ताले विश्वास गरे ।

के कुरामा चुकेको रहेछ त विद्युत प्रधिकरण ?
मैले अघि पनि उल्लेख गरेको छु । पहिलो त वितरणमा असमनता देखियो । अनि व्यवस्थापनमा केही कमजोरी देखियो । डिमान्डमा लोडसेडिङ बढ्दा झनै बढ्यो । यसले इन्भर्टर थपियो । इन्भर्टरले सप्लाइमा झनै लोड बढ्यो । जति लोडसेडिङ बढ्यो त्यति नै इन्भर्टरहरु थपिए । यसले विद्युतलाई सप्लाइमा पनि लोड थपियो । यसैले सबैभन्दा पहिले इन्भर्टर घटाउनुपरेको थियो । बत्ती आउनसाथ लोड बढ्थ्यो । यसले गर्दा डिमान्ड साइडको व्यवस्थापन भयो । नियमित बत्ती दिएमा एकैपटक लोड हुँदैन । चोरी थियो । नियन्त्रण गर्‍यो ।

राति कसरी चलाउने, दिउँसो कसरी चलाउने भन्ने आर्ट अफ अपरेसनले पनि यसरी काम गर्‍यो । देशभरका कर्मचारीलाई उत्तिकै मोटिभेट ग¥यो । पहिले पनि इम्पोर्ट हुन्थ्यो । तर राम्रोसँग हुन सकिरहेको थिएन । धेरै विषयलाई जोडेर यो सम्भव भएको हो । यो टेक्निकल पनि हुन्छ । र, इथिकल पनि हुन्छ । डेडिकेटल फिडर माग्न सोर्सफोर्स लगाएर आउँथे । यसलाई व्यवस्थापन गरेर मात्र सम्भव भयो ।

यी त प्राविधिक कुरा भए, मन पनि राम्रो हुनुपर्दो रहेछ नि हैन ?
इन्ट्रिग्रीटिका कुरा यही हो । काठमाडौंबाट लोडसेडिङ अन्त्य गर्ने रणनीति यही थियो । काठमाडौंबाट लोडसेडिङ आउट भएपनि ४–५ सय मेगावटको इन्भर्टर आउट भयो । यसको लोड घट्यो । स्कुलस्कुलमा अवरनेस दियौ । बत्ती एउटा बढी बालेमा निभाउनुपर्छ । बत्तीको चाप भएको बेला आइरन लाउनुहुन्न भन्ने विषयमा पनि हामीले सिकायौ ।

कसरी मान्छेको व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा मैले पढेको थियो । यो काम लाग्यो । लोडसेडिङ घटाउनुमा व्यवहारमा पनि भर पर्छ ।

लोडसेडिङको अन्त्यपछि राम्रो नाफा भयो होला ?
लोडसेडिङ घटेपछिको वर्ष जिडिपी ७ वर्ष पुग्यो । अहिलेसम्मकै उच्च हो । हरेक क्षेत्रमा पोजिटिभ इम्प्याक्ट देखिन्छ । घरघरमा अक्सिजन पुगेको थिएन दमका रोगीले । यसले डाक्टरले पनि मलाई धन्यवाद दिन्थे । स्ट्रेसका कारण पनि स्वास्थ्यमा समस्या थिएँ । लोडसेडिङले गर्दा कम भयो । अस्पतालमात्र हैन उद्योगको अवस्था त्यस्तै थियो । डिजेल जेनेरेटर ल्याउँदा घाटा । सात अर्बको त जेनेरेटरमात्र आउँदो रहेछ । कति सोलार आउने रहेछ । हरेकले घरमा सोलार राखेका थिए । अहिले आयात घटेको छ । वेल्डिङ गर्ने वेल्डरले पनि मलाई सम्मान गर्न आए । उनीहरुले वेल्डिङ गर्न पाउँदैनन् रहेछ । यसबाट हेर्दा जनताले धेरै राम्रो महसुस गरेको रहेछ । राम्रो प्रभाव परेजस्तो लाग्यो ।
पहिले डेडिकेटेड लिन्थे । त्यो अलि महंगो हो । अहिले त यो हटाइदिनुपर्‍यो भनेर आउन थालेका छन् ।

यी सफलतका पछाडि सास्ती पनि आइलाग्यो होला नि ?
ठुलो चुनौतिमा म नेतृत्वमा पुगेको थिएँ । व्यवस्थापनमा चुनौति थिए । म चुनौति फेस गर्न नै गएको हो । त्यो चुनौतिले नै काम गर्न प्रोत्साहन आयो । मलाई मुद्दा पनि हालें । त्यही प्रयासहरुले नै काम गर्ने उर्जा मिल्यो ।

धमिलो पानीमा माछा मार्न खोज्नेहरु पनि हुन्छन्, कसरी अगाडि बढ्नुभयो ?
सबै कर्मचारी त्यस्ता थिएनन् । सही मान्छेलाई सही ठाउँमा पोस्टिङ गर्ने, नेतृत्व गर्ने, पब्लिकको सपोर्टले पनि यस्तो सम्भव भयो । हिजोका मान्छेलाई किन कारबाही किन गरिएन भन्ने कुरा पनि आएको छ । तर हामी हिजोको कुरा खोतल्न चाहदैनौ । भोलि कहाँ जाने भन्ने कुरा तिर लाग्ने हो । हिजोको कुरा खोतल्न खोजेमा हामी कतै पुग्दैनौ । हिजोका कुरा छानबिन गर्ने अर्कै निकाय हो । हामी त सर्भिस दिने हो । अब सर्भिसमात्र हैन, क्वालिटी र सेक्युरिटी पनि दिनुपर्छ ।

यदि तपाई नपुग्नुभएको भए, कसैले लोडसेडिङ अन्त्य गर्न चाहेको भए कति वर्षमा अन्त्य हुन्थ्यो होला ?
गर्ने भनेर लागेको भए यतिसम्मको हाहाकार हुँदैनथ्यो होला । कार्यकारी अधिकृतले सही सदुपयोग गरेको भए राम्रो हुन्थ्यो होला ।

अब लोडसेडिङ हुने कतिको सम्भावना छ ?
हामीले त क्राइसिस मेनेजमेन्ट गरेका हौ । हामीले दीर्घाकालीन रुपमा अन्त्यका लागि काम थालिसकेका छौ । हाम्रो इनर्जी सेक्टरकै होल प्लान बनेको छ । इनर्जी सेक्टरमा नेपालको भविष्य धेरै राम्रो छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ३६ बजे