५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026

लोक दोहोरी गायिका रमिला न्यौपानेलाई नाट्यश्वर रत्न सम्मान, पूर्व राष्ट्रपति यादवद्वारा प्रदान


१७ चैत्र २०७५, आइतबार  

0
Shares

बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ कार्यक्रममा गायिका रमिला न्यौपाने नाट्यश्वर रत्न सम्मानबाट सम्मानित भएकी छिन् ।

गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । पूर्व राष्ट्रपति डा रामबरण यादवले उक्त सम्मान प्रदान गरेका हुन् ।

उक्त कार्यक्रममा नाट्यश्वर दशक सम्मानबाट वरिष्ठ कलाकार बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मानबाट चैत्यदेवीलगायत तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत विधामा कलाकार तथा पत्रकार सम्मानित भएका थिए ।

सिन्धुपाल्चोककी लोकदोहोरी गायिका न्यौपाने अहिले भने उनले १६० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी न्यौपानेले स्वदेशका अधिकांश स्थानमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् । ‘आज त भेट्न आउँदिनँ है कालु’ यो तिजको गीतले उनलाई चर्चामा ल्याएको थियो ।

सम्बन्धित समाचार

हलो जोत्दै, ढुंगा फोर्दै रमिला न्यौपाने, भाँडा माँझ्दै खुमन अधिकारी [भिडियो]

पञ्चेबाजा दोहोरी ‘मायाको घर..’ लिएर आइन् रमिला: साथमा खुमन अधिकारी

पहिलो गीत गाउँदा पाएको पाँच हजारको क्षण कहिल्यै बिर्सन्नँ-रमिला न्यौपाने

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : ४४ बजे