३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

नेपालको टिपिएसको केही समयको लागी लम्बिएको हो


Ang

१९ चैत्र २०७५, मंगलबार  

0
Shares

गत मार्च १२ तारिख क्यालिफोर्नियास्थित संघीय अदालतले नेपाल र होन्डुरसले पाउदै आएको टिपिएस केही समयको लागी लम्ब्याउन सरकारलाई आदेश दिएको छ । यो आदेशसंगै अहिले टिपिएस भएका नेपालीहरुको वर्कपरमिट स्वत नविकरण हुने भएको न्युयोर्कस्थित कानुन व्यवसायी बासु फुलाराले बताए । त्यस्तै गत वर्ष नविकरण गर्न छुटेकाहरुले पनि नविकरण गर्न सकिने छ ।  यो आदेशसंगै मे २०१९ अगाडी फेडरल रजिष्टारको सुचना आउन भने बाकी भएको उनले बताए ।

अहिलेको अवस्थामा रामोसको मुद्धा र भट्टाराईको मुद्धा एक अर्कामा जोडिन गएकोले अरु ६ मुलुकले पाइरहेको सुविधा जस्तै नेपाल र होन्डुरसले पनि पाउने भएको छ । ‘ संघीय अदालतले दिएको यो आदेशसंगै रामोसको मुद्धामा प्रारम्भीक निशेषज्ञा जारी हुन्जेलसम्मको लागी नेपाल र होन्डुरसले पाउदै आएको टिपिएस लम्बिन गएको हो’ । तर यसको भविष्य प्रारम्भीक निषेधाज्ञमा गरिएको पुनरावेदन र सर्किटकोर्ट अदालतले गर्ने प्रक्रियामा निर्धारण हुनेछ ‘ कानुन व्यवसायी फुलाराले बताए । यस सम्बन्धीत केही कानुनी जानकारी चाहिएमा बासु फुलारा ल र्फम 212 840 7010 मा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : १५ बजे