काठमाडौं: कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशिल समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । आज साँझ मतगणना सकिएको हो ।
चण्डेश्वर ४,०७७ मतकासाथ अध्यक्षमा विजयी भएका हुन् । उनका विपक्षी सुनिल पोखरेलले ३,८७३ मत प्राप्त गरे ।
महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशिलका सुरेन्द्र थापामगर थिए । पौडेलले ४८७१ मत पाउँदा थापाले ३७०१ मत पाए ।