एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे १८ तारिख हुने भएको छ । एनआरएनए निर्वाचन समितिले जारी गरेको विज्ञाप्तीको अनुसार निर्वाचन प्रक्रिया अनुरुप अपि्रलको १३ तारिख मतदाताहरुको पहिलो चरणको नामवाली प्रकाशित गरे लगतै १४ देखि १७ तारिखसम्म उम्मेद्धवरी दर्ताको समय तोकिएको छ । त्यस्तै अपि्रलको २४ मा दावी विरोध, मे को ३ तारिख उम्मेद्धवरी फिर्ता र मे ७ तारिख उम्मेद्धवरहरुको अन्तिम नामवाली प्रकाशन गरिने भएको छ । त्यसपछि मे को १८ तारिख विहान ८ बजेदेखि रातको ११ बजेर ५९ मिनेट भित्रमा निर्वाचन हुने भएको छ । मे २१ मा निर्वाचनको नतिजा घोषणा गरि जुलाईको ६ तारिख निर्वाचित हुनेहरुलाई प्रमाण पत्र वितरणसंगै सपथग्रहण गरिने भएको समितिले जनाएको छ ।
समितिले यस पटक उम्मेद्धवरी दिनेहरुको शुल्कमा पनि परिवर्तन गरेको जनाएको छ । जस अनुसार अध्यक्षमा उम्मेद्धवरी दिनेले २ हजार डलर, बरिष्ठ उपाध्याक्ष १५ सय डलर, क्ष्ाेत्रिय उपाध्याक्षहरु १३ सय डलर , सचिव १ हजार डलर, कोषाध्याक्ष १ हजार डलर, सहकोषाध्याक्ष ८ सय डलर र युवा संयोजकलाई ७ सय डलर, महिला संयोजकलाई ७ सय डलर , बोर्ड अफ डाइरेक्टरलाई ७ सय डलर र आइसिसि सदस्यमा उम्मेद्धवरी दिनेलाई १ हजार डलर तोकिएको समितिले जनाएको छ । त्यस्तै विभिन्न राज्यहरुमा रहेको च्याप्टरहरुमा उम्मेद्धवरी दिनेहरुको हकमा अध्यक्षमा उम्मेद्धवरी दिनेले ५ सय डलर, बरिष्ठ उपाध्याक्षमा दिनेलाई ३ सय डलर, सचिवको लागी ३ सय डलर ,कोषाध्याक्षको लागी २ सय डलर मात्र राखिएको छ । त्यस्तै च्याप्टरकै महिला संयोजकको लागी १ सय डलर, च्याप्टर बोर्ड अफ डाइरेक्टरको लागी १ सय र बोर्ड अफ डाइरेक्टरको लागी १ सय डलर तोकिएको समितिले जनाएको छ ।