३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

अमेरिका नेपाल फ्रेन्डसीपको शुभकामना साँझमा पत्रकार नेवा लगायत कलाकार सम्मानीत


Ang

३ बैशाख २०७६, मंगलबार  

0
Shares

३६ वर्ष अगाडि नेपाल र अमेरिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्दै विदेशी भूमिका नेपाली कला संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले विदेशी नागरिकलाई समेत सदस्यमा राखी स्थापना गरेको अमेरिका नेपाल फ्रेन्डसीप सोसाइटीले प्रत्येक वर्षझै यस वर्ष पनि नेपाली नया वर्ष २०७६ को उपलक्ष्यमा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गानबाट सुरु गरिएको उक्त कार्यक्रममा सोसाइटीका बोर्ड सल्लाहकार डा. राजेन्द्र प्रधानले उपस्थित सबै पाहुनाहरुको स्वागत गर्दै नया वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोसाइटीका सभापति एवं कार्यक्रमका सभापति रामराज क्षेत्रीले निरन्तर रुपमा प्रवासमा नेपाली नया वर्ष मनाउन पाउदा खुसी लागेको बताए । उनले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद समेत दिएका थिए । ३६ वर्षदेखि सोसाइटीले यसरी नै नेपाली कला संस्कृतिलाई आंगाल्दै कार्यक्रम गर्दै आएको क्षेत्रीले बताए ।

कार्यक्रममा विभिन्न नेपाली गीत तथा नृत्य प्रस्तुत गरिएका थिए । वरिष्ठ गायिका संगीता मुखिया छोचू, गोमा योन्जन गुरुङ, न्हुच्छेनारायण डंगोल, अभय ढुंगेल, सानु शेर्पा , वसन्ती राई, पूजा न्यौपाने, सरिना रन्जित, जारारित प्रसाई, अरमानी महर्जन, सुवाङ्गी गिरीले सुमधुर गीत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी नेवा गुठीका तर्फबाट प्रस्तुत कविना सिंह, सम्राट सिंह र स्टिभ सिंहको नृत्यलाई दर्शकले निकै मन पराएका थिए । नव गायिक सरिना श्रेष्ठ र नव गायक मेलेनियम श्रेष्ठको गीतलाई मन पराई दर्शकहरुले ताली बनाएर समर्थन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राई र अतिथिका रुपमा बाणिज्यदुत कृशु क्षेत्री सहभागी थिए । यस पटक वरिष्ठ वाद्यवादकद्वय न्हुच्छेनारायण डंगोल र शिशिर श्रेष्ठ लाई पनि कार्यक्रममा विशेष सम्मान गरिएको थियो । त्यस्तै बरिष्ठ पत्रकार बीके नेवालाई आउटस्ट्यान्डिङ कम्युनिटी सर्भिस अवार्डबाट सम्मान गरिएको थियो । बरिष्ठ पत्रकार विके नेवा लामो समयदेखिन लेखन क्षेत्रमा लाग्दै आउने क्रममा विगत एक बर्षदेखिन एभरेष्ट टाइम्स पत्रिकामा नियमित स्तब्ध लेख्दै आएका छन । सम्मानीत कलाकार र पत्रकारलाई प्रमुख अतिथि राईले सम्मान पत्र प्रदान गदै
प्रवासमा कला सस्कृतिको संरक्षणमा योगदान पुर्‍याएकोमा खुसी व्यक्त गरेका थिए । न्युयोर्कको उडसाइडस्थित गुलसन टेरेसमा सम्पन्न कार्यक्रम पत्रकार अकुर लुइटेलले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ५ : २४ बजे