३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

हावाहुरि पिडितलाई अमेरिकाबाट सहयोग


Ang

४ बैशाख २०७६, बुधबार  

0
Shares

नेपालको प्रदेश नं २ अन्तर्गतका तराईका केहि स्थानहरुमा हालै गएको भिषण हावाहुरीमा परि दुख भोग्नु परेका हावाहुरि पिडितहरुको सहयोगको लागी अमेरिकाबाट विभिन्न सस्थाहरुले रकम संकलन गरेर पठाएका छन । सहयोग रकम संकलन गर्नेहरुमा एनआरएनए अमेरिकाले गोफंड मार्फत ५ हजार १सय ४१ अमेरिकी डलर संकलन गरेर आइसिसिलाई पठाउन लागेको एनआरएनए अमेरिकाको महासचिव विआर लामाले बताए । उनका अनुसार उक्त गोफन्ड सरेको वितिकै आइसिसिमा पठाउने भएको छ ।

त्यस्तै मधेसी एसोसियसन अफ अमेरिका ( माआ) ले ८ हजार डलर संकलन गरि सम्बन्धीत स्थानमा सहयोग पठाएको जानकारी माआको बरिष्ठ उपाध्याक्ष सत्येन्द्र शाहले जानकारी दिएको छ । उनका अनुसार उक्त रकम तत्कालै माआको स्वयससेवक मार्फत पिडितहरुलाई बाडिएको जनाएको छ ।

त्यस्तै तामाङ समाज अमेरिकाले हावा हुरिपिडितहरुको सहयोगको लागी बारा जिल्ला अन्र्तगत निजगढ उपमहागरपालिकाका मेयर शुरेस कुमार खनाल मार्फत १ लाख रुपिया बराबरको राहत सामाग्री वितरण गरेको समाजले जनाएको छ । उक्त सहयोग रकम तामाङ समाजको बोर्ड अफ डाइरेक्टरद्धाय रोज बहादुर घिसिङ र तुल बहादुर तामाङको संयोजकत्वमा समाजका सदस्यहरुबाट एक लाख संकलन गरिएको पठाएको थियो । तामाङ समाज अमेरिकाले स्वदेशमा आइपरेको प्राकृतिक प्रकोपको बेला पिडितलाई सकेको सहयोग गदै आएको समाजको अध्यक्ष सानुमाया तामाङले बताइन ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : ०१ बजे