१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

बोस्टनमा उत्तर अमेरिकी कथा वाचन हुने 


Ang

५ बैशाख २०७६, बिहिबार  

0
Shares

अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन । राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको कथा वाचन आगामी मे महिनाको ३ र ४ तारिख हुने भएको छ । उक्त कथा वाचनमा क्यानडा र अमेरिकाका कथाकारले एक एक कथा वाचन गर्ने भएको छ ।

कार्यक्रममा कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णराज खनाल, गोबिन्दसिंह रावत, गोवर्धन पूजा, दीपा राई पुन, भारती गौतम, मन्जु विमली, महेश्वर पन्त, विश्वराज अधिकारी, सुशील नेपाल, हरि अधिकारी र हरि थापाको सहभागिता रहने भएको छ । अमेरिकामा पहिलो पटक आयोजना हुन लागेको कथा वाचनलाई आगामी दिनमा पनि निरन्तरता दिन लागेको आयोजक सस्थाका प्रतिनिधि सुशील नेपालले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  २ : ४३ बजे