८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

एनआरएनए आइसिसि सदस्यमा उपाध्याक्ष जेदु पोखरेलको उम्मेद्धवरी


Ang

८ बैशाख २०७६, आइतबार  

0
Shares

एनआरएन अमेरिको आगामी निर्वाचनमा मेरिल्याण्डबाट एनआरएन अमेरिकाका उपाध्याक्ष जेदु पोखरलले एनआरएनए आइसिसिको सदस्य पदमा उम्मेद्धवरी दिएका छन । बरिष्ठ उपाध्याक्षको उम्मेद्धवरको रुपमा प्रचार गरिसकेका पोखरेलले अन्तत आइसिसिको सदस्यमा उम्मेद्धवरी दर्ता गरेका छन ।

पोखरेलले मेरिल्याण्ड राज्यमा नेपाली भाषामा सवारी जाच दिन पाउने ब्यबस्था गराउनुको साथै नेपाली भाषामा उत्तर पुस्तिका सहित लागु गराउने व्यक्ति हुन । त्यस्तै एनआरएनए अमेरिकामा हुदा गैरआवासिय नेपाली नागरिकताको लागी लविङ समितिमा रहेर नेपाल सरकार प्रतिपक्ष दल नेपाली काग्रेस, नेकपा, राप्रपा लगायतका दलका नेताहरु तथा सांसदहरुसंग छलफल गरि नेपालको नागरिकता ऐन २०६३ को सशोंधन बिधेयकमा एनआरएनए नागरिकता सम्बन्धी मागहरुको राख्ने कायमा लागेका थिए ।

उक्त संशोधन प्रस्ताव यहि आउदो जेष्ठ महिना भित्र ब्यबस्थापिका सासदमा कानुन निर्माणार्थ पेश हुने भएको छ । त्यस्तै एनआरएन अमेरिकाको मुख्यालय चाडै निर्माण गर्नु पर्छ भनी हरेक बैठकहरुमा प्रस्ताव पेश गर्नुको साथै एनआरएनएलाई बिबादरहित, ससक्त र गतिशिल बनाउनु पर्छ भन्दै ससक्त आवाज उठाउदै आएका छन ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ५७ बजे