१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेस पूर्व कोषाध्यक्षको निधन, जागरण अभियान स्थगित


१० बैशाख २०७६, मंगलबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले भोलिबाट शुरु गर्ने भनिएको जागरण अभियान स्थगित गर्ने निर्णय गरेको छ । पूर्व कोषाध्यक्ष एवं मन्त्री रामकृष्ण ताम्रकारको आज अल्का अस्पतालमा निधन भएपछि बैशाख ११ बाट तय भएको कांग्रेसको जागरण अभियान स्थगित भएको हो ।

आज सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले जागरण कार्यक्रम वैशाख २५ देखि गर्ने तय गरेको छ ।  पार्टीभित्र आन्तरिक एकता, संगठन सुदृढीकरण र सरकारका गलत कामको भण्डाफोर गर्नका लागि अभियानअन्तर्गत पहिलो चरणको भोलिबाट तोकिएको थियो ।

ताम्राकारको निधनपछि बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले जागरण अभियान २४ वैशाखसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

क्यान्सरबाट पीडित ताम्रकार ज्वरो निमोनियासहित समस्याका कारण पछिल्लो समय अल्का अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा मंगलबार उनको निधन भएको हो । ताम्रकार २०४८ र २०५६ सालमा रुपन्देही २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने पटकपटक मन्त्री भएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ८ : २१ बजे