६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

लेख्नु र चलचित्र निर्माण गर्नु निकै फरक लाग्यो ।


Ang

१६ बैशाख २०७६, सोमबार  

0
Shares

लामो समयदेखिन लेखन क्षेत्रमा क्रियासिल साहित्यकार गीता खत्री पछिल्लो समय चलचित्र निर्माणमा लागेकी छिन । साहित्यकार खत्रीको आफनै कथा तथा निर्माणमा बनेको चलचित्र संयोग हालै न्युयोर्कमा पि्रमियर गरियो । चलचित्रमा न्युर्योकबासी करिब एक दर्जन कलाकारहरुले अभियन गरेका छन । विशेष गरि नेपाली समाजमा महिलाले खेलेको महत्वपुर्ण भुमिकालाई कथाले उजागार गरेको छ । नेपाली समाजभित्रको नारीको कथा र पारिवारिक जीवनमा आधारित यो चलचित्र छोटो भएपनि सन्देशमुलक रहेको छ । अमेरिकाको व्यस्तताको वीच यो सट मुभि ओम कर्माचार्यको छायांकन, निर्देशन र सम्पादनमा बनेको हो । यो चलचित्र शनिबार न्युयोर्कमा दुई सो प्रर्दशन भएको थियो । पहिलो पटक छोटो चलचित्र निर्माण गरेकी साहित्यकार गीता खत्रीसग एभरेष्टटाइम्सले गरेको कुराकानी ।

यो चलचित्रको कथा कहिले लेख्नु भएको हो ?
मैले २० बर्ष अघि अमेरिकामा आएर लेखेको कथा हो । साझा प्रकाशनद्धारा प्रकाशित अन्तहिन इच्छा पुस्तकको कथा त्यतिखेर मैले चलचित्र बनाउछु भन्ने सोचेकै थिएन ।

चलचित्र बनाउने सोच कहिलेबाट आएको हो ?
नारी प्रधान र विज्ञानसंग नजिक यो कथा म आफुलाई पनि एकदम मन परेको हो । केही बर्ष अघिदेखिन चलचित्रसग नजिक हुदै आउनु क्रममा चलचित्र बनाउन पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । लामो समयपछि यस पटक चलचित्र बनाउन जुरेको रहेछ ।

चलचित्र कसरी बन्यो ?
जीवनमा हरेक किसिमको अनुभव लिनु पर्छ । जीवनमा निरन्तर रुपमा लेख्ने क्रममा मैले धेरै अनुभवहरु बटुले । जीवन भनेकै सिक्दै जाने हो रहेछ । आफै पनि लेखनसंगै अभिनयमा रुचि राख्दै आउने क्रममा मेरो श्रीमानले दिनु भएको सहयोग र साथीहरुको सदभावले चलचित्र बनाउने मौका मिल्यो । प्रवासमा नेपाली भाषा सहित्यको संरक्षणको लागी चलचित्र बन्नु पर्छ भन्ने मेरो लामो समयको योजनाकै कारण यो चलचित्र निर्माण गर्न पुगियो ।

कहा कहा छायाङन गर्नु भयो यो चलचित्र ?
यो चलचित्रको छायाङकन न्युयोर्कस्थित बुलुमबर्ग युनिभर्सिटि,रेगोपार्क, लङआइल्याण्ड लगायतका विभिन्न स्थानहरु र पार्कहरुमा गरिएको थियो ।

कति समय लाग्यो यो चलचित्र बनाउन ?
प्रवासको व्यस्त जीवन । सवै काममा व्यस्त भएकोले सोचे जस्तो समय मिलाउन निकै कठिन भयो । त्यस्तै मौसमले पनि भने जस्तो साथ नदिएकोले गदौ यो चलचित्र तयार हुन १ बर्ष लाग्यो ।

प्रवासमा चलचित्र निर्माणको क्रममा कस्तो अनुभव पाउनु भयो ?
लेखन कार्य र चलचित्र बनाउने कार्य नितान्त फरक रहेछ । लेख्ने कार्य हामी एक्लै जहा बसेर पनि लेख्न सकिन्छ । तर चलचित्र बनाउने काम धेरै कठिन लाग्यो । चलचित्र निर्माणको लागी एउटा राम्रो टिम चाहिने रहेछ । त्यही टिमलाई लिएर कथाले जहा जहा माग्छ त्यतैतिर दौडिनु पर्ने रहेछ । कहिलेकाही टिमको कोही अनुपस्थित भएमा पनि काम पुरै रोकिने रहेछ । चलचित्र निर्माणसंगै आफुले पनि आमाको भुमिकामा अभिनय गर्न पाए । चलचित्र निर्माणकै क्रममा धेरै सुने तर बास्तविक रुपमा आफैले चलचित्र बनाउदा र अभिनय गर्न पाउदा धेरै खुसीको नौलो अनुभव भयो ।

अबको योजना कस्तो बनाउनु भयो ?
लामो समयदेखिको योजनाका साथ आफुले बनाएको चलचित्र पि्रमियर गरिसकेपछि धेरैतिरबाट फोन आयो । धेरै जसोले साहित्यकारको रुपमा मात्र लिएको मलाई तर चलचित्र निर्माणसंगै अभियन पनि रामै गरेको देखेपछि सवैतिरबाट राम्रो प्रतिक्रियाहरु आउनुको साथै सवैले हौसल्ला दियो । धेरैले निरन्तर रुपमा अभिनयमा लाग्न सुझाव पनि दिएको छ । सवैको शुभेक्छ, सहयोग र सुझावलाई आत्मासात गदै अब अर्को पनि चलचित्र बनाउ की भन्ने मनमा लागीरहेको छ ।

 

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ११ : ०४ बजे