काठमाडौं: चाबहिलदेखि जोरपाटीसम्मका सडक पिच गर्न माग राख्दै स्थानीयले सडकखण्ड बन्द गरेपछि बिहिबार बौद्ध क्षेत्र तनावग्रस्त बन्यो । सडकको धुलोले स्वास्थय लगायत वरिपरिका घर, पसलमा बढी हुँदा पनि सरकारले वास्ता नगरेको भन्दै सडक अवरुद्ध गरी आगोसमेत बालेका थिए ।
स्थानीयले ‘धुलो धुवाँ धेरै भो, स्वास फेर्न गाह्रो भो’, कालो पत्र छिटो गर’ ‘विश्व सम्पदाको संरक्षण गर’ लगायतका नारा लगाउँदै प्लेकार्ड बोकेर उक्त सडकखण्डमा प्रदर्शन गरेका थिए ।
बौद्ध व्यापार संघको आयोजनामा व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिँदा प्रहरी नियन्त्रणमा उत्रेको थियो ।