४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

केआरएसले मे २५ तारिख क्वीन्सब्रीज पार्कमा साकेला मनाउने ।


Ang

३१ बैशाख २०७६, मंगलबार  

0
Shares

किरात राई समुदायको महान चाड साकेला ( उभौली) को अवसर पारेर किरात राई सोसाइटी अफ अमेरिका ( केआरएस)ले आगामी २५ तारिख क्विन्सब्रीज पार्कमा साकेला मनाउने भएको छ । केआरएसले हरेक वर्ष न्युर्योकमा साकेला विशेष कार्यक्रमको साथ मनाउदै आएका छन ।

प्रवासमा राई समुदायको मौलिक संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले एक दशकभन्दा लामो समयदेखि न्यूयोर्कमा साकेला मनाउदै आएको केआरएसए न्यूयोर्क च्याप्टरका अध्यक्ष भारती राईले बताइन । ‘ हाम्रो मौलिक कला सस्कृतिलाई भावी पुस्तासम्म जिवन्त राख्नका लागी मनाउदै आएको साकेला यस पटक व्यापक तयारीका साथ मनाउने योजना बनाइरहेका छौ’ अध्यक्ष भारती राइले भनिन’  कार्यक्रम सफल बनाउनका लागी कार्य विभाजन गरि तयारी गरिरहेका छौ’ । साकेला राई समुदायको महान चाड भए पनि न्युयोर्कमा हुदै आएको कार्यक्रममा सबै समुदायको उपस्थिति हुने गरेको छ ।

अध्यक्ष राईका अनुसार यसपटक साकेला मनाउन विभिन्न राज्यबाट राई समुदायका अगुवाहरु समेत गरि ५ सय जनाको सहाभागीता हुने भएको छ । केआरएसए न्यूयोर्क च्याप्टरले साकेलाको तयारीकै लागी करिब एक महिनादेखि साकेला नृत्य अभ्यास गरिरहेको अध्यक्ष राईले बताए । किराती राई समुदायले उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाउदै आएका छन । उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाउने गरिन्छ । मौसम परिवर्तनसागै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर र्झने अभ्याससंग साकेला जोडिएको छ । प्रकृति पुजक किरात राई समुदायले साकेलामा नाचका माध्यमबाट संसार र आफ्नो उत्पत्ति तथा प्रकृतिागको सम्बन्धको कथा भन्छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ८ : ५१ बजे