५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मतदाताका व्यक्तिगत विवरण लिक प्रकरणमा छानबिन थाल्यो एनआरएन अमेरिकाले


२ जेष्ठ २०७६, बिहिबार  

0
Shares

न्युयोर्क । गैरआवासीय नेपाली संघ, अमेरिकाको निर्वाचन नजिकिँदा मतदाताका सूचनाहरु लिक हुन थालेपछि एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले यसमाथि छानबिन थालेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पौडेलले गोपनीयताको व्यक्तिगत विवरण विधान विपरीत सार्वजनिक भएकोमा छानबिन प्रक्रिया शुरु भइसकेको उल्लेख गरे ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साधारण सभाले प्रत्याभूति गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो विधानभन्दा बाहिर गएर सार्वजनिक भएको ‘गोपनीयताको व्यक्तिगत विवरण’ को छानबिनको प्रारम्भिक प्रक्रिया शुरु भइसकेको र यथाशक्य सार्वजनिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु । पुनश्च: व्यक्तिगत विवरणको गोपनीयता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भइसकेको जानकारी गराउँदछु तथा गोपनीयताका सूचना चुहावट गर्नेहरूमाथि अमेरिकी कानुन अनुसार सबै प्रकारका कारबाही हुने स्पष्ट पार्न चाहन्छु ।’

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार  १० : १२ बजे