बीके नेवा-
यस पटक पनि विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतमा हिन्दु राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी(भाजपा) अत्यधिक बहुमतका साथ पुनः विजयी भयो । ३९ दिन लगाएर सात चरणमा गरिएको लोकसभा निर्वाचनले मोदीलाई पुनः प्रधानमन्त्री बनायो । मोदीको लोकप्रियताले भाजपालाई लगातार दोस्रो पटक सत्तामा पु¥याएको हो । यो जितसँगै भारत राजनीतिक स्थिरतातर्पm उन्मुख भएको छ । यस पटकको निर्वाचनमा १० लाख मतदान केन्द्र थिए भने ९० करोड योग्य मतदाता थिए । आठ करोड ३० लाख नयाँ मतदाता थपिए । १८—१९ वर्षका एक करोड ५० का किशोर मतदाता पनि निर्वाचनमा सहभागी भए ।
भारतको ५४५ सदस्यीय लोकसभामा ५४३ स्थानका लागि मतदान भएकोमा एक स्थानको मतदान रद्द भएको थियो । बहुमतको सरकार बनाउन २७२ सिट जित्नु पर्छ । सम्पन्न ५४२ स्थानमा भाजपा एक्लैले ३०३ स्थान जित्न सफल भयो । भाजपा गठबन्धनले ३५० स्थान जित हासिल ग¥यो । कङ्ग्रेस आईले ५२ स्थान, कङ्ग्रेस गठबन्धनले ८५ स्थान र अन्य दलले १०७ स्थान जिते ।
सन् २०१४ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीको नेतृत्वमा नेसनल डेमाक्रेटिक एलाइन्स (एनडीए) र भारतीय राष्ट्रिय कङ्ग्रेसको नेतृत्वमा युनाइटेड प्रोग्रेसिभ एलाइन्स (यूपीए) गठबन्धन बनेको थियो । निर्वाचनमा भाजपाले २८२ सिट, गठबन्धनका अन्यले ५४ सिट जितेका थिए । कङ्ग्रेसले ४४ सिट र गठबन्धनका अन्यले १६ सिट जितेका थिए । निर्वाचनमा अन्य दलले १४७ सिट जितेका थिए । निर्वाध रुपमा पाँच वर्ष सरकार चलाएको भाजपा गठबन्धनले यस पटक पनि गठबन्धन बनाएर निर्वाचनलाई पूर्ण रुपले आफ्नो पक्षमा पार्न सफल भयो ।
भाजपासँग कङ्ग्रेसले यस पटक पनि प्रतिस्पर्धा गर्न सकेन । अपेक्षा गरे अनुसार सिट जित्न कङ्ग्रेस असफल भयो । १६ राज्यमा कङ्ग्रेस शून्य भयो । कङ्ग्रेस अध्यक्ष राहुल गान्धी कङ्ग्रेसको पारिवारिक सिट मानिएको अमेठीबाटसमेत पराजित हुनुप¥याो । भाजपाले यस पटक धेरै मतदाताको मन जित्न सफल भयो । बेलायतबाट स्वतन्त्र भएपछि भारतमा सन् १९५०÷५१ मा पहिलो आम निर्वाचन भएको थियो । यो १७ औँ लोकसभा निर्वाचन हो ।
मतदान सम्पन्न भएपछि गरिएका चारवटा एक्जिट पोलले मोदी पुनः प्रधानमन्त्री बन्ने देखाएको थियो । जस अनुसार एनडीएले २८७ सिट, यूपीएले १२८ सिट र अन्यले १२७ सिट जित्ने प्रक्षेपण गरिएको थियो । कङ्ग्रेस आईको गठबन्धनले एक्जिट पोलको प्रक्षेपण अस्वीकार गरेको थियो । निर्वाचन परिणाम आफ्नो पक्षमा आउने अपेक्षा गरेको कङ्ग्रेस गठबन्धनले मतदातालाई आकर्षित गर्न सकेन । काँग्रेस गठबन्धनको चुनावी नाराले मतदाताको मन जित्न सकेन ।
देशमा व्याप्त गरिबी तथा बेरोजगारी समस्या समाधान गर्दै मुलुकलाई सबल बनाउने भाजपाको चुनावी नाराले काम ग¥यो । प्रधानमन्त्री मोदीको पहिलो पाँच वर्षे कार्यकालको सफलताले नै दोस्रो कार्यकालका लागि मतदाताले रुचाएर मतदान गरे । मोदीको सरल जीवनशैली र व्यवहार तथा देशप्रतिको ममताले धेरैलाई आकर्षित ग¥यो । मोदीको विकल्प दिन कङ्ग्रेस आई असफल रह्यो ।
भारतको लोकसभा चुनावको इतिहासमा पहिलो पटक अहिले सबैभन्दा बढी मतदान भयो । गत अप्रिल ११ देखि मे १९ तारिखसम्म भएको मतदानमा ६७.११ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यो प्रतिशत ६७ वर्षको लोकसभा चुनावको इतिहासमा सबैभन्दा बढी हो ।
यस पटक सात चरणमा भएको मतदानमा ९० करोड मतदाता थिए । सन् २०१४ मा ६६.४० प्रतिशत मत खसेको थियो । जहाँ ८३.४ करोड मतदाताको नाम दर्ता थियो । त्यस्तै २००९ मा ५६.९ प्रतिशत मतदान भएको थियो । सन् १९५१ देखि सुरु भएको मतदानमा अहिलेसम्म सन् १९७१ मा सबैभन्दा कम ५५.२९ प्रतिशत मत खसेको थियो ।
भारत आफैमा विविधताले भरिपूर्ण मुलुक हो । यहाँ अमेरिकामा भन्दा चार गुणा बढी मतदाता छन् । यस पटकको निर्वाचन हिंसारहित ढङ्गले शान्तिपूर्णरुपमा सम्पन्न भयो । मतदाता निकै उत्साहपूर्वक मतदानमा सहभागी भए । निर्धारित मितिमा निर्वाचन परिणाम आयो । यति ठूलो विशाल मतदाता भएको मुलुकमा निर्धारित मितिमै निर्वाचन परिणाम निकाल्नु आपैmमा महत्वपूर्ण काम हो । निर्वाचनको व्यवस्थापन पक्ष चुस्त देखियो । निर्वाचनप्रति बढी मतदाता आकर्षित गर्न सक्नुले हिन्दु राष्ट्रवादी नेता प्रधानमन्त्री मोदीको नेतृत्व क्षमता प्रबल भएको पुष्टि गरेको छ ।
नौ हजार वर्षभन्दा लामो सभ्यता बोकेको भारत विविधताले भरिपूर्ण मुुलुक हो । जाति, भाषा, साहित्य र सभ्यताको धनी यो मुलुकको जनसङ्ख्या १ अर्ब ३० करोड पुगेको छ । यसको क्षेत्रफल ३१ लाख वर्ग किलोमिटर छ । यहाँ मुख्य गरी हिन्दी, अङ्ग्रेजी र २० भाषा मुख्य रुपमा बोलिन्छ । प्रमुख धर्मका रुपमा हिन्दु, इस्लाम, इसाई सिख र बौद्ध मानिन्छ । यहाँका पुरुषको औसत आयु ६७ वर्ष र महिलाको ७१ वर्ष छ ।
भारतमा दलित समुदायका राष्ट्रपति हुनुहन्छ । राष्ट्रपति रामनाथ कोविन्द सन् २०१७ को जुलाईमा निर्वाचित हुनुभएको हो । यहाँ राष्ट्रपति आलङ्कारिक पद हो । कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित छ । गुजरात राज्यका मुख्यमन्त्री भई नाम कमाउनुभएका नरेन्द्र मोदीले हिन्दु राष्ट्रवादको नारा दिएर सन् २०१४ मा उहाँको हिन्दु राष्ट्रवादी दल भारतीय जनता पार्टीलाई एकल बहुमत दिलाउनुभयो । भारतमा पछिल्लो ३० वर्षमा एकल पार्टीले बहुमत ल्याएर पाँच वर्ष शासन गरेको यो पहिलो पटक हो । उहाँले यस पटक झन् धेरै सिट जिती पुन ः पाँच वर्ष शासन गर्न पाउने अभिमत पाउनुभएको छ । यसले भारतलाई अस्थिरता हुनबाट जोगाएको छ । अबको पाँच वर्षमा भारतले निकै ठूलो प्रगति गर्ने अपेक्षा गरिएको छ ।
क्षेत्रीय शक्तिका रुपमा उदाएको भारतले यसका छिमेकीहरुसँगको सम्बन्धलाई समय सापेक्ष सुधार गर्नुपर्ने भएको छ । छिमेकीहरुसँगको सम्बन्ध घनीभूत नहुँदा सहकार्य र एकताको पक्ष कमजोर भएको छ । विशेष गरी पाकिस्तानसँगको कटुताले विवाद गम्भीर मोडमा पुगेको छ । भारत र पाकिस्तान दुवै आणविक शक्ति राष्ट्र भएकाले वार्ताद्वारा विवादको शान्तिपूर्ण समाधान खोज्नु सबैको हितमा हुन्छ । युद्धको मानसिकता दुवै मुलुकले त्याग्नुपर्छ । दोस्रो कार्यकालमा प्रधानमन्त्री मादीले मित्रताको गाँठो बलियो बनाउँदै क्षेत्रीय शान्ति र एकतालाई जोड दिनु आजको प्रमुख आवश्यकता हो । छिमेकीसँगको सम्बन्ध राम्रो भएन भने शान्ति स्थापना हुन सक्दैन ।