६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

वनकी चरी-कविता


२२ जेष्ठ २०७६, बुधबार  

0
Shares

सिर्जना तुलाधर-

हरियो वनको त्यो रंगीन चरी
संगीतमय छ उसको बोली
हेर डाली डालीझुल्दै ऊ
सबैलाई भुलाउँदै छ

आकासमा उड्ने
स्वभावउसको
सीमा रेखाभन्दा परको
लक्ष्यउसको
हरेकमौसममा रमाउने
बानीउसको
कहिले कतै नडगमगाउने
हिम्मतउसको
जतापुग्यो उतै खुसीले
पंखा फैलाउने ऊ
हर माहोल जादुमय
बनाउन सक्ने ऊ
ठूलो सानो सबैको मन
लोभ्याउन सक्ने ऊ
मायाअनिशान्तिको
सन्देश फैलाउने ऊ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार  ८ : २७ बजे