गोरखाली समाज न्युयोर्कको प्रथम साधारण सभाले नया कार्यसमिति चयन गरेको छ । न्युयोर्कस्थित ज्याक्सनहाइटमा सम्पन्न साधारण सभाले तुलसी अंगाईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । त्यस्तै उपाध्याक्षमा जेबी गुरुंग, सचिवमा धुर्व लामिछाने, सहसचिवमा सोफी लामिछाने, कोषाध्याक्षमा सरोज स्वडारी निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा गुण भट्टराई, नोर्वु लामा, प्रदिप लामिछाने,चेत प्रसाद अंगाई, बासु लामिछाने, डिल्लीराम बंगाले, सन्जय श्रेष्ठ, चन्द्र घले, ठाकुर अंगाई र प्रदिप लामिछाने निर्वाचित भएका छन ।