३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

भारतबाट तेस्रो मुलुक जान कडाई : एनओसी नभई जान नपाइने, के के चाहिन्छ एनओसीका लागि?


८ असार २०७६, आइतबार  

0
Shares

काठमाडौं । पछिल्लोपटक सरकारले कामदारका लागि स्विकृति नदिएका मुलुकहरुमा भारत भएर जाने क्रम बढ्न थालेपछि नियमन गर्न थालेको छ ।

भारत भएर साउदी, कतार, कुवेत, युएई, ओमन, इराक, लिबिया र लेबनानजस्ता मुलुकमा जान थालेकोले सरकारले कडाई थालेको हो ।

अब भारत भएर यी मुलुकमा जान भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट नो अब्जेक्सन लेटर(एनओसी) लिनुपर्ने भएको छ ।भारतस्थित दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, भारतीय अध्यागमन पार गरी साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमन, बहराइन, इराक, लिविया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरूलाई भारतीय अध्यागमन पार गर्दा यस राजदूतावासको सिफारिस पत्र (No Objection Certificate) आवश्यक पर्ने छ ।’

 

दूतवासले एनओसीका लागि निम्न प्रमाण चाहिने जनाएको छ

१ भारत हुँदै माथि उल्लिखित मुलुकमा जानुपर्ने मनासिव कारणसहित सम्बन्धित व्यक्तिको
हस्ताक्षरसहितको निवेदन ।

२, यात्रा गर्ने व्यक्तिको राहदानी र सोको प्रतिलिपि ।

३. गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि ।

४. रोजगार भिसामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा अन्तर्गतवाट जारी श्रम स्वीकृति (Employment Permit को प्रतिलिपि । ५. यसअघि भारतबाहेक तेस्रो मुलुक भमण गरेको भएमा यावा अभिलेख (भिसा, आगमन प्रस्थान आदि। को प्रतिलिपि ।

६. अध्ययन, व्यवसायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरूको हकमा अध्ययन, व्यवसायसँग सम्वन्धित परिचयपत्र/कागजातहरू । उपरोक्त कागजातहरू सहितको निवेदन प्राप्त भएपछि औचित्यको आधारमा राजदूतावासले उपयुक्त NOC जारी गर्न सक्नेछ ।

त्यसैगरी दूतावासले चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकहरूका लागि भारतको भिसा आवश्यक पर्ने जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ९ : २८ बजे