११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

अमेरिका पुगेर अशोक राईले भने : प्रधानमन्त्रीको सपना रकेटजस्तो, म त केपी ओलीको फ्यान


१६ असार २०७६, सोमबार  

0
Shares

न्युयोर्क । समाजवादी नेपालका वरिष्ठ उपाध्यक्ष अशोक राईले आफु प्रधानमन्त्री केपी ओलीको फ्यान भएको बताएका छन् । नेपाली समाज अमेरिकाले आयोजना गरेको कार्यक्रममा नेता राईले उक्त भनाई राखेका हुन् ।

प्रधानमन्त्री ओलीको सपना रकेटको गतिमा भएकोले पनि आफु फ्यान भएको उनको भनाई थियो । नेता राईले भने, ‘हाम्रो प्रधानमन्त्रीले सपना धेरै देख्नुहुन्छ । म प्रशंसक पनि हुँ । अहिले त उहाँको फ्यानै हुँ ।’

त्यसो त राईले केही सपना अरु प्रधानमन्त्रीलाई पनि बाँकी राख्नसमेत ओलीलाई आग्रह गरे । उनले प्रधानमन्त्रीको सपना रकेटको गतिमा रहेको तर कार्यान्वयन गर्ने संयन्त्र गोरुगाडाको गतिमा रहेको दाबी गरे ।

आफूले ४० वर्ष एमालेमा काम गरेर पार्टी छाडेपनि खासै पछुतो भने नभएको उनको तर्क थियो । भने, ‘४० वर्ष नेकपा एमालेमा विताएँ । सातौ र आठौं महाधिवेशनमा सर्वाधिक मत पाउने नेता नै थिएँ म । मलाई धेरैले माया गर्थे । नेपालीमा एउटा उखान छ । मायाले संसार चल्दैन । मायाले राजनीति पनि चल्दैन । धेरै शुभचिन्तक तेरो निम्ति एमालेमा धेरै अवसर थियो भन्नुहुन्छ । धन्यवाद यहाँहरुको सद्भावका लागि । राजनीति निजी हितको लागि होइन । नत्र एमाले नाफा लिन सक्ने ठाउँ थियो । त्यसलाई मैले हेरिनँ ।’

एमालेले देशलाई जुन दिशामा लान खोजेको छ त्यो गलत भएको उनको दाबी थियो । समयमै कदम चालियो भने क्षतिलाई रोक्न सकिन्छ भन्ने निष्कर्षका आधारमा मैले एमाले छाडेको उनले बताए ।

गणतन्त्र स्थापनासम्म एमाले क्रान्तिकारी पार्टी रहेको र त्यसपछि बाटो बिराएको राईले दाबी गरे । आफु कुनै कुराका अन्धभक्त नभएको उल्लेख गर्दै वरिष्ठ नेता राईले भने, ‘म अन्धभक्त होइन । मदन भण्डारीसँग सहकार्य गरें । म उहाँको कुरामा पनि क्रिटीकल माक्स दिन्थे । क्रिटीकल मास्क भनेको अन्धभक्त नहुनु हो ।’

संविधानमा जातीय विभेद भएको दाबी गर्दै राईले संशोधन आवश्यक रहेको बताए । ‘जातीय र भाषिक आधारमा विभेद ठुलो अपराध हो । ‘नेपालको संविधानमा विभेद छ । तर संसारकै उत्कृष्ट भन्दै हिँडेको छ,’ राईले भने, ‘८४ व्यञ्जन छ तर झिंगा भन्केको छ । त्यस्तै छ अहिले । नेपाली राजनेताहरुभित्र रहेको संकीर्ण सोचले राम्रो संविधान लेख्न सकिएन ।’ अमेरिकामा रहेका नेपालीलाई ज्ञान र धन आर्जन गरी नेपाल फर्कन राईले सुझाए ।

कार्यक्रममा बरिष्ठ नेतृ शुसिला श्रेष्ठले लामो समयको कठोर भुमीगत राजनितिक जीवनपछि अहिलेसम्म पनि महिलाहरुमाथिको विभेद अन्य नभएकोमा दुखेसो व्यक्त गरेकी छिन । ‘ मुलुकमा यतिको परिवर्तन भएर संविधान सभाले संविधान बनाएपनि महिलाहरु अधिकार खोसिएकोले हामीले संविधान च्यातिएको हो ‘ नेतृ श्रेष्ठले भने-‘ महिलाहरुको हितमा नभएको संविधान संसोधन हुनु पर्छ भने हो अडान छ ‘ ।

‘ अब अहिलेको हाम्रो लडाई भनेको अंश, बंश र पैत्रिक कार्यमा महिलालाई समान कानुन बन्नु पर्छ महिला र पुरुषमा विभेद हुनु हुदैन भन्ने हो ‘ नेतृ श्रेष्ठले भनिन । जब बहुदल आउने बेला महिलालाई अधिकार दिने भनेपनि व्यवहारमा अहिलेसम्म त्यो अधिकार दिन नसकेको उनले बताइन । अहिले मुलुकमा महिला र पुरुषको मात्र समास्या नभई जातीय, क्षेत्रिय रुपमा पनि समास्या भएकोले बहुसस्कृति र बहुभाषी मुलुकमा समृद्धी ल्याउने हो भने यी समास्याहरु बुझनु सक्नु पर्ने नेतृ श्रेष्ठले बताएकी थिइन । समाजवादी पाटी अमेरिकाका अध्यक्ष समीर मर्हजनको सभापतित्वमा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजा, नेपाली कन्सुलेटका बाणिज्यदुत कृषु क्षेत्री लगायतले मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ४२ बजे