३० जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

बौद्ध गुम्बा विकास समितिको अध्यक्षमा तामाङ र भण्डारी को बन्ने ?


Ang

१८ असार २०७६, बुधबार  

0
Shares


नेपालभरि छरिएर रहेको गुम्बा, विहार, बहा:बही: तथा बौद्ध तीर्थस्थलहरुको अभिलेख राख्ने, संरक्षण र अनुगमन गर्ने नेपालमा एक मात्र समिति हो बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति । यो समितिमा यही साउन २४ गते अध्यक्ष पद रिक्त हुदैछ । पद रिक्त हुने कुरा सहित अव उक्त अध्यक्षको पदमा को आउने होला भन्ने जनमानसमा चासो बढिरहेको छ ।
चासो बढेसंगै विभिन्न कुराहरु बाहिर आइरहेका छन् ।

अध्यक्षको पदका लागी हाल खेन्पो ङिमा दोर्जे र खेन्पो कमल भण्डारी दुबैले रुचि देखाए अनुसारको कसरत गरिरहेको सुन्नमा आएको छ । खेन्पो ङिमा दोर्जे बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको निवर्तमान अध्यक्ष हो । उनले यसभन्दा पहिले एक कार्यकाल अध्यक्षको जिम्मेवारी लिएर पुरा गरिसकेका छन भने खेन्पो कमल भण्डारी नेपाल बौद्ध महासंघका महासचिव हुन ।

ब्राम्हाण समुदायबाट खेन्पो बन्ने दोश्रो ब्यक्ति भण्डारी महासंघको यसअघिको कोषाध्यक्ष थिए । साउन २४ गते समितिको अध्यक्ष पद रिक्त भएपछि मन्त्री परिषदको बैठकको निर्णयबाट विकास समितिको अध्यक्ष चयन गरिनेछ । बौद्ध धर्मको ज्ञाता दुबै खेन्पोहरु ङिमा दोर्जे र खेन्पो कमल भण्डारी को अध्यक्ष बन्ला भन्ने चर्चा चलिरहेको छ । बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको एक संघीय समिति हो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : १५ बजे