१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

क्यालिफोर्नियाका तामाङ बने लायन्स क्लबको संयोजक


३० श्रावण २०७६, बिहिबार  

0
Shares

लायन्स क्लब इन्टरनेसनल(एलसिआई)को लायन्स क्लब अफ सन्नीभेल एभरेष्टका निवर्तमान अध्यक्ष मंगल तामाङलाई एलसिआई स्पेसियल्टी क्लबको संयोजकमा नियुक्त गरेको छ। सोमबार उनलाई संयोजकमा नियुक्त गरेको उनले बताए ।

क्लबको संयोजकमा विगतमा गरिएको कार्य कुशलताको आधारमा २ भन्दा बढी जिमेवारी निर्वाह गरिसकेका व्यक्तिको सिफारिसलाई आधार मानेर लायन्स क्लबको केन्द्रीय कार्यालयले छनोट गर्दछन् ।

तामाङले अन्य मल्टिपल डिस्ट्रीक र विभिन्न देशका वर्ग, समुदाय , विभिन्न पेशासँग आबद्ध भएर सेवाभाव भएका व्यक्तिहरुलाई सामाजिक सेवामा आवद्ध गराउने कामको संयोजन गर्नुपर्ने हुन्छ ।

लायन्सले यसपूर्व नै नेपाली मूलका राजेन थापा र राज श्रेष्ठलाइ नियुक्ति गरेको थियो । तामाङले आफू लायन्स क्लब अफ सन्निभेल एभरेष्टको चार्टर मेम्बर हुँदै प्रथम उपाध्यक्षबाट आफ्नो लायन्स यात्रा सुरु गरेका थिए । त्यसपछि उनले अन्तराष्ट्रिय समेम्लन, मल्टिपल डिष्ट्रिक क्यालिफोर्नियाको थुप्रै काम गरेका छन् । यस क्रममा उनले नेपाल चिनाउने र नेपालको पर्यटन प्रवर्द्धमा योगदान दिएका थिए ।

नुवाकोट ककनी गाउँपालिका वडा नम्बर ७ चतुरालेमा जन्मेका तामाङ क्यालिफोर्निया राज्यको सान होजे शहरमा बस्दै आएका छन् । तामाङ तत्कालीन महेन्द्र मावि चतुरालेमा अध्ययनरत हुँदादेखि नै जुनियर रेडक्रसमा सम्बद्ध भएर सामाजिक काम गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ९ : ०५ बजे