नेपालमा मनाउदै आएको गाइजात्राको अवसर पारेर न्युयोर्कमा पनि गाइजात्रा हास्यव्यंग्य महोत्सव हुने भएको छ । टुटुल्को डटकमको आयोजनामा हुन लागेको महोसत्व अगष्ट १७ तारिख न्यूयोर्कको क्वीन्स लाइब्रेरीमा हुन लागेको संयोजक ज्योति श्रेष्ठले बताए । ‘ आफनो संस्कृतिको बारेमा यही जन्मी हुर्केका नयाा पुस्तालाई जानकारी दिन, नेपाली संस्कृतिलाई विदेशी भूमीमा निरन्तरता दिनको साथै प्रचारप्रसार गराई नेपाली संस्कृतिको संवद्र्धनका लागि गाइजात्रा महोत्सव गर्न लागेको हो ’ गाइजात्रा महोत्सवका संयोजक श्रेष्ठले बताए ।
उनका अनुसार महोत्सवमा प्रवासमा रहेका नेपाली मुलका स्थानिय कलाकारहरुको प्रहसन, प्यारोडी, हास्यव्यग्य तथा नृत्य प्रस्तुत हुने भएको छ । महोत्सवमा भक्तपुरको गाइजात्राको झलकको रुपमा घिन्ताङ घिसी नाच देखाउने भएको छ । महोत्सवले, स्थानियस्तरमा लुकेको प्रतिभालाई बाहिर ल्याउन मद्धत गर्ने संयोजक श्रेष्ठले बताए । कार्यक्रमको पुर्ण तयारी भएको गाइजात्रा महोत्सव हेर्नका लागि न्यूयोर्क नजिकका राज्यहरु न्यूजर्सी, कनेक्टिकट, म्यासाचुसेट्स, मेरिल्याण्ड, भर्जि्निया लगायतबाट दर्शकहरु आउन लागेको उनले बताए । महोत्सव तोकिएको समयमा नै शुरु हुने भएकोले सबै दर्शकलाई समयमा नै उपस्थित भइदिन आयोजकले आग्रह गरेको छ । नेपालमा गाइजात्रा राजा प्रताप मल्लको पालादेखि विशेष गरी बर्षभरीमा आफन्त गुमाएका परिवारका मृतको सम्झनामा मनाउदै आएको छ ।