४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

विश्वभरिको शेर्पाहरु अक्टुबर ८ मा सिक्किममा भेला हुदै ।


Ang

२४ भाद्र २०७६, मंगलबार  

0
Shares

विश्वभरिको शेर्पा संघसस्थाहरुको प्रतिनिधिहरु काठमाडौमा भेला भएर पहिलो विश्व शेर्पा सम्मेलन गरेको दुई बर्ष पछि यस पटक सिक्किममा पहिलो साधारण सभा तथा दोश्रो विश्व शेर्पा दिवस मनाउन लागेका छन । यसै कार्यक्रमका लागी यतिखेर विभिन्न देशहरुमा रहेका शेर्पा समुदायका संघसस्थाहरुका प्रतिनिधिहरु जाने तयारी गरिरहेका छन । एनआरएनए आइसिसिको ९ औ सम्मेलनको एक हप्ता अघि हुन लागेको विश्व शेर्पा दिवसमा यस पटक पनि विभिन्न देशहरुबाट धेरै शेर्पा प्रतिनिधिहरुको सहाभागी हुने आशा गरिएको छ ।

शेर्पा समुदायको भाषा, धर्म र सस्कृतिको संरक्षणसंगै आपसी सहयोगको भावना अनुरुप सन २०१७ को अक्टुबरको ८ तारिख विश्व सम्मेलन गरेको हो । विश्वको करिब दुई दर्जन मुलुकहरुको प्रतिनिधिहरु भेला भएर ऐतिहासिक घोषणपत्र जारी गरेको त्यो ऐतिहासिक दिन अक्टुबर ८ लाई गत बर्षदेखि विश्वभरि विश्व शेर्पा दिवसको रुपमा मनाउदै आएको छ । यसै अवसर पारेर विश्व शेर्पा मञ्च ( जम्बुलिङ शेर्वी छोक्पा)ले सिक्किममा रहेका शेर्पा संघसस्थाहरुको सामुहिक प्रयासमा यस पटक अक्टुबर ८ तारिख पहिलो साधारण सभा र दोश्रो विश्व शेर्पा दिवस मनाउन लागेको छ ।

सिक्किमको मुख्यमन्त्रि, मन्त्रिहरु र धर्मगुरुहरुको उपस्थित हुने दोश्रो विश्व शेेर्पा दिवस ८ र ९ तारिख गर्नका लागी तयारी पुरा भएको सिक्किमस्थित विश्व शेर्पा मञ्च ( जम्बुलिङ शेर्वी छोक्पा) का महासचिव पासाङ गेले शेर्पाले बताए ।
कार्यक्रमलाई सफल बनाउन नेपालबाट विश्व शेर्पा मञ्च (जम्बुलिङ शेर्वी छोक्पा ) तथा नेपाल शेर्पा संघका अध्यक्ष एडि शेर्पा लामा लगायत कमिटिका पदाधिकारीहरु जुटिरहेका छन ।

‘ शेर्पा समुदायको समग्र हित तथा भावी कार्यदिशा निर्धारणको लागी हामी विश्वभरिको शेर्पाहरु यस पटक सिक्किममा जुटने तयारीमा छौ’ संघका अध्यक्ष एडि शेर्पाले भने— ‘ यस पटक पनि हामी शेर्पा समुदायको हितमा विभिन्न फोरमहरुको साथै आगामी कार्ययोजनाहरुको बारेमा छलफल गर्नेछौ’ अध्यक्ष शेर्पाले बताए । उनका अनुसार सिक्किममा हुन लागेको कार्यक्रममा नेपाल शेर्पा संघले त्यहासम्म जाने प्रतिनिधिहरुको लागी यातयातको व्यवस्था गरिरहेको बताए । यस पटक पनि सिक्किममा आयोजित साधारण सभा तथा विश्व शेर्पा दिवसमा विदेशबाट भाग लिने प्रतिनिधिहरुको लागी २ सय डलर प्रतिनिधि शुल्क र नेपाल र सिक्किमबाट प्रतिनिधित्व गर्नेहरुको लागी १० हजार भारतीय रुपिया तोकेको सिक्किमस्थित विश्व शेर्पा मञ्च ( जम्बुलिङ शेर्वी छोक्पा) का कोषाध्याक्ष मिङमा शेर्पाले बताए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : १८ बजे